(गजल – १)
यो साम्राज्यवादी एमसीसीले पनि धुनधान गर्यो,
देशका जनताले यसको बिरुद्धमा आव्हान गर्यो ।
हाम्रो देशमा बसेका दलालहरुलाई यसमै बेर्नुपर्छ,
जस जसले यो बिषालु एमसीसीको उठान गर्यो ।
जनता नेताहरुलाई छानौ जजस्ले सुपारी खाछन्,
झुक्काउन जनतालाई सधैं टुक्का उखान गर्यो ।
छाड्नै हुँदैन यस्ता गद्धार र देशद्रोहीहरुलाई अब,
जसले हिमाल, पहाड, मधेशलाई सधैं अपमान गर्यो ।
त्यही हो ब्रिटिश हुकुमत जसले सुगौली सन्धि गरी,
छिमेकलाई हाम्रै जमिन र सन्तानहरु हस्तान गर्यो ।
काटेर जमिन सँगसँगै भाई भाईलाई छुट्याई हिंजो,
टिष्टादेखि सतलजसम्म टुक्राटुक्रा खानदान गर्यो ।
उठजुठ देश बिदेशबाट देशभक्त र न्याय प्रेमिहरु,
हाम्रो प्यारो संगठनले आन्दोलन गर्ने किटान गर्यो ।
(गजल– २)
यिनी नेताको मनभित्र जनताको कदर छैन,
बिदेशी फौज बोलाउँन सक्छ कत्तिभर छैन ।
दुई जिब्रे हुन धेरै जसो यिनै नव लैण्डुपेहरु,
भाग्नेछन् एक दिन इनको यहाँ मात्र घर छैन ।
साम्राज्यवादको आस र आधारमा बाँचेका,
आफ्नो देशका जनताको यिनलाई डर छैन ।
उठौं जुटौँ अब त अबेरा भयो देशवाशी हरु,
हामीले यिनै गद्धारहरुलाई पाल्न कर छैन ।
फर्क नौजवान देश जोगाउँने जिम्मा आयो,
हाम्रो देश भन्दा राम्रो कुनैदेशको शहर छैन ।
स्वर्ग तुल्य देशलाई बिदेशकै झोलामा हाले,
साम्राज्यवादकै घुसपैठ नभएको नगर छैन ।
ए साथी नभाग छाडेर यो बिपतको बेलामा,
संघर्ष बिनाकै यो जीवनको कुनै सफर छैन ।















