रायगढ, ९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत रायगढ नगर समितिद्वारा सञ्चालित तारा एरिया समितिको तेस्रो भेला करन महरको अध्यक्षता एवं तिलक गोतामेको सञ्चालनमा सम्पन्न भएको छ ।
भेलामा केन्द्रीय महासचिव ठाकुर खनाल र सदस्य गोविन्द बहादुर थापाको अतिथि आसन र ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौन श्रद्धाञ्जली पछी हरि कुमार गोतामेले स्वागत मन्तव्य दिनुभएको थियो ।
भेलाको उद्घाटन महासचिव ठाकुर खनालले गर्नु भयो । उद्घाटन मन्तव्यमा भारतको कश्मीरदेखि कन्या कुमारी र गुजरातको कच्छदेखि अरुणाचलसम्म रहेका सबै नेपालीहरुको समस्या एउटै हो । अर्धसामन्ती अर्धउपनिवेशिक अवस्थाले गर्दा उद्योग धन्दा अभावमा रोजगारको विदेशिन वाध्य बनाएको हो ।
जबसम्म देशमा उद्योग धन्दाको बिकास हुदैन नेपालीहरु रोजगारको लागि बिदेशीने क्रम रोकिने छैन । देशको शासनसत्तामा पुगेका राजनैतिक दलहरूले आफ्नो क्षणिक स्वार्थको लागि विदेशी साम्राज्यवादी शक्तिहरुको जीहजुरी गर्ने गरेका छन् । त्यसले नेपालको राष्ट्रियता एवं जनताको बलिदानीपूर्ण संघर्षको बलमा स्थापित गणतन्त्र, संविधान समेतमा खतरा उत्पन्न भएको छ ।
अहिले अमेरिकी साम्राज्यवादलाई खुसी पार्न राष्ट्रघाती एमसिसि सम्झौता पारित गराउन षड्यन्त्र भइरहेको छ । यो अवस्थामा हामी भारतस्थित नेपालहरु राष्ट्रियता, जनतन्त्र जनजिविकाको रक्षा र भारतमा हाम्रा हकहितको संरक्षणको संगाठित हुन जरुरी छ । कैयौं संगठनले समस्याको ब्याख्यमात्रै गर्ने गर्छन् तर समाधानको लागि कुनै प्रयास गरेको पाइँदैन । उनीहरू जनता भ्रम श्रृजना गरि यथास्थितिको सेवा गरि रहेका छन् । त्यसैले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेपालीलाई दरिलो र फराकिलो बनाउनु पर्नेमा खनालले जोड दिनुभ भयो ।
कार्यक्रममा नयाँ समितिको प्यानल केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले प्रस्तुत गर्नुभयो । भेलामा हरि कुमार गोतामेको अध्यक्षतामा १९ सदस्यीय तारा एरिया समिति गठन गरियो । जसमा उपाध्यक्ष राजाराम थडराई, सचिव सोमराज थापा, सहसचिव तिलक गोतामे, सदस्यमा हुमबहादुर थापा, करन महर, छविलाल थापा, शिव थापा, मेखबहादुर थापा, रमेश महर, लिलबहादुर महर, बैकल्पिक सदस्यमा श्रृजना महर, लालु माया थडराई, दममाया थापा सल्लाहकारमा पुजा गतराज, सुमन गतराज, सुकुमाया गोतामे, जित बहादुर महर र सुरज थापा हुनुहुन्छ ।
नयाँ समितिको तर्फबाट अध्यक्ष हरिबहादुर गोतामेले सबै समितिका सदस्यहरु मिलि संगठनको बिकास र बिस्तारका साथै नेपालीहरु माथि आईपर्ने समस्या समाधान गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । केन्द्रीय सदस्यले नयाँ कार्यकारीहरुलाई बधाई दिनुभएको थियो ।















