हैदराबादमा मूल प्रवाहका एरिया सम्मेलनहरु ऐतिहासिक रुपमा सम्पन्न

हैदरावाद, १९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत मध्य हैदराबाद नगर समितिद्वारा सञ्चालित नाचाराम, कुषाईगुड़ा र सैनिकपुरी एरिया समितिको सम्मेलनको घोषणा सभा संयुक्त रूपमा कुसाईगुडामा सम्पन्न भएको छ ।

प्रेम विकको अध्यक्षता, कुमार थापाको सञ्चालन, सहिदहरुको सम्मानमा १ मौनधारण, थान बहादुर क्षेत्रीको स्वागत भाषणबाट अगाडि बढेको घोषणा सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो ।

सो घोषणा सभामा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथि पौडेलले देशमा गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारि प्राप्त गर्ने अबसरबाट बञ्चित भई भारत प्रवासमा प्रवेश गरेकाहरुको साझा संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रहेको बताउनु भयो । रोजगारीको खोजिमा भारत आउन बाध्य पारिएका लाखौंलाख नेपालीहरुको हकहित उत्थान र अधिकारका लागि संघर्ष गर्ने उद्देश्य बोकेर सन १९७९ मा स्थापना भएको एकता समाज ४३ बर्षबाट निरंतर संघर्ष गर्दैआएको पौडेलले बताउनु भयो ।

“बितेका ४३ बर्षमा भारतस्थित नेपालीहरुका बीचमा जहाँ समस्या पैदा हुन्छ त्यहाँ मूल प्रवाह अखिला भारत नेपाली एकता समाजको हमेशा उपस्थिति रहँदै आएको छ ।” पौडेलले अगाडि बताउनु भयो– “अहिलेको २१औं सताब्दिमा पनि हामी नेपालीहरु आफ्नो योग्यता र क्षमताको प्रयोग गर्ने अबसरबाट बञ्चित हुनुपरेको छ । देश निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्ने उर्जावान युवा शक्ति अहिले पनि जीबीकाको लागि आफ्नो श्रम बिदेशीहरुलाई विक्री गर्न बाध्य भएका छौं ।”

हामीले उर्जाशिल श्रम नेपाली भूमिमा सिच्न पाउने अबसर पाउने हो भने हाम्रो देश आत्मानिर्भर बन्थ्यो । नेपाली शासक बर्गको गलत नीतिका कारण एकातिर मुलुक बर्वादीको दिशातर्फ उन्मुख हुँदै गएको छ भने अर्कोतर्फ झन् पछि झन् नेपाली युवाहरु जीबीकाको लागि बिदेशिन बाध्य हुनुपरेको छ । साशकहरु नेपाली युवाहरुको श्रमबाट प्राप्त हुने रेमिट्यान्सबाट मस्ती गरिरहेका छन् । अहिले विश्वसामु नेपाल मजदूर उत्पादन गर्ने देशबाट परिचित हुने अबस्था श्रृजना गराइँदै छ । भारत लगाएत अन्य मुलुकमा अहिले पनि हामी नेपाली मजदूरहरुले श्रम अनुसारको बेतन प्राप्त गर्नसकेको अबस्था छैन । एकातिर नेपाली शासकहरुको गलत नीति अर्कोतर्फ बिदेशी धर्तीमा नेपालीहरु माथि हुने अमानबिय ब्यबहारका कारण दुईढुंगाको बिचको तरुल जस्तो जिन्दगी बिताउन बिवश नेपालीहरुको दर्बिलों आधार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भएको औल्याउँदै मूल प्रवाहले एकातिर भारतस्थित नेपालीहरु माथि भारतीय शासक बर्ग, मालिक र गुण्डाहरूका अमानबीय ब्यबहारका बिरुद्ध सुरक्षा र अधिकारका लागि निरन्तर संघर्ष गर्दै आइरहेको छ भने अर्को तर्फ दक्ष युवाशक्तीलाई बिदेश लखेटेर आफ्नो स्वार्थ परिपूर्ति गर्दै आएका शासक बर्गहरुलाई बिस्थापित गरेर श्रमजीबी बर्गको अधिकारको सत्ता निर्माण गर्ने नेपाली जनताको आन्दोलनको पक्षमा भारतस्थित नेपालीहरुको दर्बिलो संगठनको माध्यमबाट ऐक्यबद्धता र संघर्ष गर्दै आएको पौडेलले बताउनु भयो ।

अहिलेको देशको अबस्था बारे बोल्दै पौडेलले नेपाली जनताले आफ्नो रगतसँग साटेर ल्याएको गणतन्त्र, धर्मनिरपक्षता र संबिधान समेतमा खतरा पैदा भएको छ । त्यसको सुरुवात केपी ओलीले गरिसकेका थिए । नेपाली जनताको सशक्त आन्दोलनको दवाबका कारण केपी ओलिको दुई–दुई पटकको प्रयत्न असफल भए पनि त्यो खतरा अहिले पनि पूर्णरुपमा टरिसकेको छैन । अहिले पनि केपी ओलीले कसरी हुन्छ गठबन्धन सरकारमा फुट्पार्ने र आफ्नो अभिस्ट पुरा गर्ने र त्यसैमा केन्द्रित छन् भने राजाबादी र विदेशी शक्तिकेन्द्रहरु नेपालमा राजतन्त्र फर्काउने र नेपाललाई हिन्दूराष्ट्र घोषणा गराउने तर्फ चलखेल गरिरहेका छन् । राष्ट्रियता माथि झन् पछि झन् खतरा मड़ारिएको छ । कालापानी, लिपुलेख, लिंपियाधुरामा भारतीय साम्राज्यबादले कब्जा जमाएको छ भने अहिले नेपालाई विकासका लागि अनुदानको नाममा अमेरिकी साम्राज्यबादले एमसीसी परियोजना अन्तर्गत नेपाललाई आफ्नो सैनिक अखड़ा बनाउने र नेपाल, चीन, पाकिस्तान लगाएत दक्षिण एशियालाई आफ्नो क्रिडास्थल बनाउने र त्यसको लागि नेपाली भूमि प्रयोग गर्ने लगातार प्रयत्न गरिरहेको छ । अर्को तीर नेपालमा संघीयता नेपालको लागि घातक साबित भएकोछ र पूर्ण रुपमा असफल भइसकेको छ । देशको बर्तमान अबस्थामा गणतन्त्र, धर्मनिरपक्षता, सम्बिधानको रक्षा, बैदेशिक हस्तक्षेप राष्ट्रघाती क्रियाकाप र संघीयता खारेजीको लागि अहिले झन् सशक्त आन्दोलनको आबस्यकता रहेको बताउँदै नेपाल कम्युनिस्ट पार्टी (मसाल) र राष्ट्रीय जनमोर्चाले आन्दोलनको नेतृत्व र घोषणा गरिसकेकोले हामीले भारात लगाएत बिश्वभरी छरिएररहेका नेपालीहरु सशक्तरुपमा संगठित भएर उपरोक्त आन्दोलनप्रति सहभागिता र एक्यबद्धता जनाउनुको विकल्प नरहेको बताउँदै त्यो दिशामा जुटन सबैलाई आग्रह गर्दैन या निर्बाचित समितिको सफल कार्यकालको शुभकामना दिनुभएको थियो । उक्त घोषणा सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिकी सदस्य तथा महिला बिभागकी संयोजक श्रीमती फूलबिना पौडेल, मध्य दक्षिण क्षेत्रीय सल्लाहकार राजुदुलाल, महिला बिभाग मध्य दक्षिण क्षेत्रीय कोषाध्यक्ष गुमा राना, महिला बिभाग क्षेत्रीय सदस्य गङ्गा कड़ायत, मूल प्रवाह मध्य नगर सदस्य सबीता पौडेल र मध्य नगर समितिकै धन बहादुर साहिले शुभकामना मन्तब्य दिनुभएको थियो भने नयाँ समितिको घोषणा क्षेत्रीय सल्लाहकार राजुदुलालले गर्नु भएको थियो ।

नयाँ निर्बाचित समितिहरु यस प्रकार छन ।

नाचाराम,

एक रिक्ता सहित १७ सदस्यीय नाचारामएरिया समिति चयन गरिएको छ : जसमाः अध्यक्ष– थान बहादुर क्षेत्री, उपाध्यक्ष– इस्वरा पौडेल, सचिब– प्रकाश राना, सहसचिव– राजकुमार नेपाली, कोषाध्यक्ष– खगेन्द्र शर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा क्रमशः दिनामणी पौडेल, यम बहादुर केसी, कुल बहादुर रेस्मी, माधबराज तिवारी, तुलसी क्षेत्री, सोम बहादुर थापा, प्रेम बहादुर थापा, सीता कुमारी विक, बाबुराम राना, बिन्दु राना र बैकल्पिक सदस्यमा : सेर बहादुर केसी र एक स्थान रिक्त रहेको छ ।

कुषाई गुडाएरिया,

दुई रिक्त सहित १९ सदस्यीय कुषाई गुडाएरिया समिति चयन गरिएको छ ः अध्यक्ष– राम बहादुर आले, उपाध्यक्ष– मोतीलाल शर्मा, सचिव– सोमराज आले, सहसचिव– श्रीजना खात्री र कोषाध्यक्ष– हीरा पौडेल रहनुभएको छ । जसमाः सदस्यहरुमा ः हिरा खात्री, कल्पना रम्तेल, देबीदुलाल, मीना गुरुङ, बालाकृष्णा शर्मा, मानिसा विक, शेर बहादुर श्रीस, पुरन पल्ली, मित्र खत्री, दामोदर तिवारी, माया बस्याल, टीका जिसी र दुईबै कल्पिक स्थान रिक्त रहनुभएको छ ।

सैनिकपूरी एरिया,

सम्मेलनले ९ पूर्ण ३ बैकल्पिक र ३ सल्लाहकार सहित १५ सदस्यीय सैनिकपूरी एरिया समिति चयन गरेको छ । अध्यक्ष– कृष्णकुमारी विक, उपाध्यक्ष– दिलु दुलाल, सचिव– खुम बहादुर दुलाल, सहसचिव– रामकुमार रम्तेल, कोषाध्यक्ष प्रेम बहादुर विक रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः रन बहादुर आले, इन्द्रा दुलाल, पार्बती गुरुङ, कृष्ण केसी, बैकल्पिक सदस्यहरुमाः श्री बहादुर दुलाल, चन्द्र बहादुर थापा, र हेमा थापा रहनुभएको छ । त्यस्तै सल्लाहकारमा प्रेम बुचा, माया थापा र एक स्थान रिक्त रहेको छ ।

१८ सितंबर २०२१ का दिन सैनिकपुरी एरिया समितिको उद्धघाटन र बन्द शेषन कृष्ण कुमारी विकको अध्यक्षता, अनिल दुलालाको सञ्चालन र सहिदहरुप्रति १ मिनटको मौनाधारण र प्रेम विकको स्वागत भाषणबाट अगाडि बढेको उद्घाटन समारोहको उद्घाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका कोषाध्यक्ष तिलक रानाले गर्नुभएको थियो ।

आफ्नो उद्घाटन मन्तब्यमा तिलक रानाले भारत प्रवासमा रहेका नेपालीहरुले आफ्ना हक अधिकार प्राप्तिका लागि मूल प्रवाहको संगठनलाई थप मजबुत पार्नुपर्ने आबश्यकता औंलाउनु भएको थियो । उक्त उद्घाटन समारोहलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय महिला बिभागकी कोषाध्यक्ष गुमा राना र मध्य दक्षिण क्षेत्रीय सल्लाहकार राजु दुलालाले शुभकामना मन्तब्य दिनुभएको थियो ।

त्यसैगरि नाचाराम र कुशाईगुडा एरिया सम्मेलनको उद्घाटन समारोह संयुक्त रुपमा १९ सितंबर २०२१ का दिन बिहान कुशाईगुडामा सम्पन्न भएको थियो । मोतीलाल शर्माको अध्यक्षता, राम बहादुर आलेको सञ्चालन, शहिदहरु प्रति १ मिनट मौनधारण र ईस्वरा पौडेलको स्वागत भाषणबाट अगाडिबढेको उद्घाट्न समारोहको उद्घान मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिकी सदस्य तथा महिला बिभागकी संयोजक श्रीमती फूलबिना पौडेलले गर्नुभएको थियो ।

आफ्नो उद्घाटन मन्तब्यमा श्रीमती फूलबिना पौडेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको इतिहास अत्यन्त गौरबशाली रहेको बताउँदै यसले आफ्नो स्थापना कालदेखि नै भारतस्थित नेपालीहरुका हकहित, उत्थान, अधिकार र आफ्नो देश नेपाल मै गास, बास, कपास, शिक्षा, स्वास्थ्य र जोजगारिको ग्यारेन्टीको लागि देशको बर्तमान राज्य ब्यबस्थाको अन्त्य गरेर श्रमजीबी जनताको हकहितको प्रतिनिधित्व गर्ने जनताको नयाँ जनबादी ब्यबस्था निर्माण गर्नु अहिलेको आबस्यकता भएको बताउँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले एकातिर भारतस्थित नेपालीहरुको हकहित उत्थानका लागि भारतस्थित नेपालीहरुको मजबुत संगठन निर्माण गरि निरन्तर संघर्ष गर्ने र देशमा आमुल परिबर्तनका लागि शोषित उत्पीडि़त जनताले चाउने हरेक न्यायपूर्ण आन्दोलनमा ब्यापक जनमत तैयार गर्ने र आन्दोलनमा सहयोग र सहभागी गराउने काममा मूल प्रवाहले अहिलेसम्म महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै हाम्रो मुक्तिको उद्देश्य प्राप्त गर्न संगठनलाई थप सशक्त बनाउन आबश्यक रहेको बताउनु भयो । उक्त उद्घाटन समारोहलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय सदस्य कुमार थापा र थान बहादुर थापाले शुभकामना मन्तब्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार