तिलक राना
हैदराबाद, १९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समिति अन्तर्गत जुब्लिहिल्स एरिया समितिको २२औं सम्मेलन कर्ण बहादुर थापाको अध्यक्षता केदार शर्माको सञ्चालान र मिन बहादुर थापाले उपस्थित जनमनसालाई स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथि केन्द्रिय बैकल्पिक सदस्य रामप्रसाद पौडेल हुनुहुन्थ्यो । मध्य दक्षिण क्षेत्रीय समिति कोषाध्यक्ष तिलक राना, क्षेत्रीय सदस्य पशुपति शर्मा, क्षेत्रीय सदस्य खिम परियार, उत्तर नगर उपाध्यक्ष रामप्रसाद अधिकारी, समता क्षेत्रीय विभाग ओमम परियार, नगर महिला विभाग माया परियारले अतिथिको आशन ग्रहण गर्नुभएको थियो । ज्ञात अज्ञात सहिदहरुप्रति शहिदहरुको समझनामा एक मिनेट मौनधारणा गरिएको थियो ।
सम्मेलनको उद्घाटन प्रमुख अतिथि केन्द्रिय बैकल्पिक सदस्य राम प्रसाद पौडेलले गर्नु भएको थियो । नेपालीहरुको बिचमा सामाजिक भावनाको विकास नभएसम्म एकता समाजको विकास हुन नसक्ने भएकोले चेतनाको विकास गर्नु पर्ने, भारतस्थित नेपालीहरुको समस्या समाधानका लागि मूल प्रवाह कटिबद्ध रुपमा निरन्तर लागिरहेको देशमा राष्ट्र र राष्ट्रियता पक्षमा चल्ने जनतान्त्रिक आन्दोलनलाई आर्थिक नैतिक भौतिक रुपमा सहयोग र समर्थन गर्दै आईरहेको बताउनु भयो । अगाडि बोल्दै एमसिसीका मुद्दा, संघीयताका मुद्दा, जातिय मुद्दा, भ्रष्टाचारका विरुद्ध शसक्त रुपमा सम्पुर्ण भारतस्थित नेपालीहरु सचेत हुनुपर्ने र मूल प्रवाहले त्यस प्रकारको आन्दोलनमा सहभागी भैरहेको बताउनु भयो ।
मध्य दक्षिण क्षेत्रीय समिति कोषाध्यक्ष तिलक राना, क्षेत्रीय सदस्य पशुपति शर्मा, क्षेत्रीय सदस्य खिम परियार, उत्तर नगर उपाध्यक्ष राम प्रसाद अधिकारी, समता क्षेत्रीय विभाग ओमम परियार, नगर महिला विभाग माया परियारले शुभकामना मन्तव्य दिनुका साथै आ–आफ्ना विचार प्रकट गर्नु दिनुभएको थियो ।
सम्मेलनले राम प्रसाद अधिकारीको अध्यक्षतामा १५ पुर्ण ५ बैकल्पिक र ५ सल्लाहकार गरि २५ सदस्यीय एरिया समितिको निर्माण गरेको छ । जसमा : उपाध्यक्ष– ओमन परियार, सचिव– मिन बहादुर थापा, सहसचिव– रमेश क्षेत्री, कोषाध्यक्ष– याम बहादुर थापा रहनुभएको छ । सदस्यहरु क्रमश :– प्रेम विक, कर्ण बहादुर थापा, पुर्ण बहादुर थापा, केदारनाथ शर्मा, टेक नारायण शर्मा, कुमार विक, लिल बहादुर थापा, शान्ति क्षेत्री, नारायण शर्मा, चन्द्र विक, बैकल्पिक सदस्यमा–नन्द परियार, उमान थापा, तुल बहादुर थापा, टेक बहादर थापा र चन्द्रकला थापा रहनुभएको छ । सम्मेलनले चन्द्र परियार, हरीकला बर्मा, माया परियार, शीला परियार र प्रेम कुमाललाई सल्लाहकार चयन गरेको छ ।















