मूल प्रवाहद्वारा नगर समिति रेवाड़ीले कोरोनारोधी खोप शिविर सम्पन्न

रेवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रेवाडी नगर समितिको आयोजनामा ४०४ नागरिकहरुलाई कोरोनारोधी खोप लगाइएको छ ।

सो शिबिर रेवाड़ी नगर समिति र स्थानीय सामाजिक संगठन सड़क सुरक्षा संगठनको सहयोगमा १९ सितम्बरका दिन कोरोना संक्रमणबाट बचाउनको लागि विशेष टीकाकरण (खोप) शिविरको आयोजन गरिएको छ । स्वास्थ्य विभागका चिकित्सक र स्वास्थ्य कार्यकर्ताहरुले कुल ४०४ नागरिकहरुलाई खोप लगाउने काम भयो । यसमा ३८० नेपाली नागरिकहरुले खोप लगाएका थिए । यसमा २८३ नेपाली नागरिक जोसँग आधार कार्ड, पैनकार्ड या कुनै पहचान पत्र नै नभएकाहरु टीकाकरण गराउन सफल भएको हो । नगर समितिका सचिव ज्ञान प्रसादको आधार कार्डलाई पहचान पत्रको आधार मानी उक्त नागरिकहरुलाई खोपको लाभ दिने काम भयो ।

शिविरमा रेवाड़ीको साथ राजस्थानको निमरानादेखि पनि नेपाली साथिरुलाई टिकाकरण गराउने काम भयो । टिकाकरण गरेका लाभार्थीहरुलाई स्वास्थ्य विभागद्वारा ज्ञानप्रसाद शर्माको आईडीमा प्रमाण पत्र उपलब्ध गराए पछि सम्बन्धितलाई पठाइने छ ।

यस भन्दा पहिला ज्ञान प्रसाद शर्माको सञ्चालनमा आरम्भ भएको कार्यक्रमलाई ज्ञात अज्ञात शहिद र कोरोनाकालमा दिवंगत व्यक्तित्वहरुलाई नमन गर्दै स्वास्थ्य विभागको जिल्ला प्रतिरक्षण अधिकारी डा.अशोक कुमारले आफ्नो सम्बोधनमा कोरोना संक्रमणलाई हल्कामा नलिन आग्रह गर्दै सावधानीमा ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष रामबहादुर खड़का, सड़क सुरक्षा संगठनको चैयरमैन रमेश वशिष्ठ, सीनियर वाईस प्रेजिडेंट अरुण गुप्ता सहितले खोप शिबीरका लागि सहयोग दिनुभएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष जोग बहादुर आले, सदस्य तेजवीर घर्ति, रूपेश रोका, विरु पुन, प्रेम अधिकारी, हिमलाल अधिकारी आदिले सफल आयोजनामा सहयोगीको भूमिका निभाउनु भएको थियो । नेपाली जनताको लागि यस प्रकारको आयोजनलाई स्थानीय संगठन र मीडिया जगतले सराहनीय कदम बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार