हैदरनगर एरिया समितिको २२औं सम्मेलन सम्पन्न

तिलक राना,
हैदराबाद, १९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समिति अन्तर्गत हैदरनगर एरिया समितिको २२औं सम्मेलनमा भरत परियारको अध्यक्षता र लाल बहादुर क्षेत्रीले सञ्चालान गर्नुभएको थियो ।

प्रमुख अतिथि केन्द्रिय बैकल्पिक सदस्य भिम बहादुर थापा, मध्य दक्षिण क्षेत्रीय समिति कोषाध्यक्ष तिलक राना, क्षेत्रीय सचिवालय सदस्य कृष्ण बहादुर थापा, क्षेत्रीय महिला विभाग संयोजक माया थापाले अतिथिको आशन ग्रहण गर्नु भएको थियो । ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारणा गरिएको थियो ।

सम्मेलनमा प्रमुख अतिथि केन्द्रिय बैकल्पिक सदस्य भिम बहादुर थापाले मूल प्रवाह एकता समाजले नेपालीहरु माथी हुने अन्याय अत्याचार शोषण दमनका विरुद्ध न्याय दिलाउने पक्षमा अग्रिम पंक्तिमा रहि काम गर्दै आईरहेको कतिपय अवस्थामा विरोधी तत्वका विरुद्ध कडासंघर्ष गर्दै आइरहेको र अहिले पनि कतिपय व्यक्तिहरुले संगठनमा सिधासाधा जनतालाई भ्रममा पार्ने कामहरु भैरहेकोले सतर्क रहनु पर्ने, एकता समाजको झण्डालाई उच्च राख्न सम्पुर्ण कार्यकर्ता लाग्नु पर्ने बताउनु भयो । “जनताका समस्या समाधान गर्ने विषयमा मूल प्रवाह एकता समाज निरन्तर रुपमा बिना हिचकिचाहाट लागि रहेको र समस्या समाधान गर्दै आईरहेको छ ।”

मध्य दक्षिण क्षेत्रीय समिति कोषाध्यक्ष तिलक राना, क्षेत्रीय सचिवालय सदस्य कृष्ण बहादुर थापा, क्षेत्रीय महिला विभाग संयोजक माया थापाले शुभकामना मन्तव्य दिनुका साथै आ–आफ्ना विचार प्रकट गर्नुभएको थियो ।

सम्मेलनले भरत परियारको अध्यक्षतामा १३ पुर्ण ४ बैकल्पिक र ४ सल्लाहकार गरि २१ सदस्यीय एरिया समितिको निर्माण गरेको छ । जसमा : उपाध्यक्ष– राम शर्मा, सचिव– लाल बहादुर क्षेत्री, सहसचिव– जमुना थापा, कोषाध्यक्ष– खैसरा थापा रहनुभएको छ । सदस्यहरुमा क्रमश– रामचन्द्र आचार्य, भबिलाल थापा, रन बहादुर थापा, मिना विक, कमला दास, शर्मिला थापा, मनिरत्न ढकाल र रिक्त, बैकल्पिक सदस्यमा– लिला थापा, यसोधा न्यौपाने, लक्ष्मी के.सी. र लालबहादुर वि.क. रहनुभएको छ । त्यस्तै सम्मेलनले माया भुजेल, होम बहादुर नेपाली, लक्ष्मी पौडेल र सुजन विक सल्लाहकार रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार