तिलक राना
हैदराबाद, १९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समिति अन्तर्गत सापुरनगर एरिया समितिको २२औं सम्मेलन सम्पन्न भएको छ । लाल बहादुर थापाको अध्यक्षता र तेजेन्द्र प्रसाद शर्माको सञ्चालान र परशुराम शर्माको स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथि केन्द्रिय बैकल्पिक सदस्य रामप्रसाद पौडेल, मध्य दक्षिण क्षेत्रीय समिति सदस्य घनश्याम शर्मा, पुष्पा पौडेल, सुर्य बहादुर थापा, क्षेत्रीय महिला विभाग सीता थापा उत्तर नगर समिति अध्यक्ष मोहन लाल शर्मा, सदस्य कृष्ण प्रसाद पौडेल, क्षेत्रीय जनजाति विभाग धन बहादुर थापा, नगर महिला विभाग अध्यक्ष कल्पनाले अतिथिको आशन ग्रहण गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुको सम्झनामा एक मिनेट मौनधारणा गरिएको थियो ।
मध्य दक्षिण क्षेत्रीय समिति सदस्य घनश्याम शर्मा, पुष्पा पौडेल, सुर्य बहादुर थापा, क्षेत्रीय महिला विभाग सीता थापा उत्तर नगर समिति अध्यक्ष मोहन लाल शर्मा, सदस्य कृष्ण प्रसाद पौडेल, क्षेत्रीय जनजाति विभाग धन बहादुर थापा, नगर महिला विभाग अध्यक्ष कल्पना शर्माले शुभकामना मन्तव्य दिनुका साथै आ–आफ्ना विचार प्रकट गर्नुभएको थियो ।
प्रमुख अतिथि केन्द्रिय बैकल्पिक सदस्य राम प्रसाद पौडेलले मूल प्रवाह एकता समाज भारतस्थित नेपालीहरुको समस्या समाधान गर्ने सवालमा अग्रिम पंक्तिमा रहेकोहुँदा एकता समाजको लोकप्रियता रहेको बताउनु भयो । देशमा चल्ने जनतान्त्रिक आन्दोलनलाई आर्थिक नैतिक भौतिक रुपमा सहयोग र समर्थक गर्दै आइरहेको पौडेलले थप्नु भयो । “नेपाल जस्तो राष्ट्रमा एमसीसी लागु गराउन प्रयत्न भैरहेको एमसीसी राष्ट्र र नेपाली जनताको हित बिपरित भएकोले एमसीसी विरुद्धको संघर्षमा एकजुट हुनुपर्ने आवश्यकता छ ।”
सम्मेलनले लाल बहादुर थापाको अध्यक्षतामा १३ पुर्ण ४ बैकल्पिक र ४ सल्लाहकार गरि २१ सदस्यीयता समितिको निर्माण गरेको छ जसमा ः उपाध्यक्ष– धन बहादुर थापा, सचिव– प्रताप शर्मा, सहसचिव– चन्द्र बहादुर के.सी., कोषाध्यक्ष– परशुराम शर्मा, सदस्यहरुमा क्रमश :– नरेन्द्र शर्मा, कमला शर्मा, चित्र बहादुर थापा, लक्ष्मी थापा, कमाल थापा, बिजुला शर्मा, देवी थापा, भूमिस्वर शर्मा, बैकल्पिक सदस्यमाः थानेस्वर गौतम, सीता थापा र दुई स्थान रिक्त रहेको छ । सम्मेलनले सरस्वती गौतम, महेन्द्र के.सी., पुनाराम नेपाली र चन्द्रा चापागाईलाई सल्लाहकार चयन गरेको छ ।















