कोटी प्रसाद पोखरेल
चेन्नई । दाङ जिल्ला घोराइ निबासी बेद प्रसाद खनालका छोरा बर्ष ४२ का प्रेम खनाल ट्रेनले हानेर मृत्यु भएको थियो । निज हाल चेन्नईको भ्यापमपेटमा अवस्थित होटलमा कार्यरत थिए । मिति १२ सितंबर २०२१ तदानुसार २७ भाद्र २०७८ का दिन बेलुका कपाल काट्न भनि रूमबाट बाहिर हिँडेका उनी रूममा फर्केन र संगै बस्ने साथी देवेन्द्र केसीले फोन गर्दा नलागे पछि सोधपुछ गर्दा निज ट्रेनको लिख क्रस गर्ने क्रममा ट्रेनले हानेर घटना स्थलमै मृत्यु भएको रेलवे पोलीसले जानकारी दिए पछि, उक्त घटनाको जानकारी भए लगत्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ता स्थलमा पुगेर घटनाको जानकारी लिनु भएको थियो ।
निजको पार्थिव शरीर त्रिभालुर सरकारी हस्पिटलमा राखिएको थियो । मिति १६ सितंबर २०२१ का दिन घरबाट आफन्तजन चेन्नई आए पछि आफन्तजन र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सहयोगमा होटल मालिकसँग क्षेतीपूर्तिको कुरा गरि पोलीस प्रशासन तथा मेडिकल पोस्टमार्टम प्रक्रिया पुरागरी त्रिभालुर मसानघाट घाटमा अन्तिम दाहसँस्कार गरिएको छ ।
निजको अन्तिम दाहसंस्कारमा सहभागी हुनेहरुमा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अध्यक्ष चन्द्रबहादुर थापा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य मदन शर्मा, मोहराज चालिसे मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नई उतर नगर समितिका अध्यक्ष गोपाल विक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य कांशीराम आचार्य, पश्चिम नगर समितिका अध्यक्ष, बुद्धी पौडेल पश्चिम नगर सदस्य पदम पौडेल लगायतको उपस्थिति थियो ।
त्यस्तै देवेन्द्र केसी, महेन्द्र बस्याल, उमन्द शर्मा, अर्जुन केसी मृतकको भाई श्रीधर खनाल, रमेश पाण्डेय, प्रकाश बस्नेत, सुरज सिंह, जनसम्पर्क समितिबाट चन्द्रकान्ता आचार्य, होटल वानर गोपीकृष्ण, प्रजीशंकर र बिजय कुमार रहेका थिए । निजको सम्मानमा एक मिनेट मौनधारणका साथै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य मदन शर्मा, जनसम्पर्क समितिका चन्द्रकान्ता शर्मा, महेन्द्र बस्याल र अर्जुन केसीले शोक मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य कसिराम शर्माले गर्नुभएको थियो ।
यस दुःखद घडीमा हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति उहाँको निधनप्रति हार्दिक श्रञ्द्धाजली साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।















