प्रशिक्षण कार्यक्रम सम्पन्न

पाण्डिचेरी, ८ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत पर्ने अरोभिल एरिया समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय वैकल्पिक सदस्य साथै पाण्डिचेरी नगर अध्यक्ष जनकराज पौडेलले देशको राजनीति अवस्था र भारत स्थित नेपालीहरुको छाता संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसँग सम्बन्धित सदस्यहरुको भुमिका साथै नेपालको भौगोलिक अखण्डामा भारतीय हस्तपेक्ष बारे प्रशिक्षण दिनुभएको थियो ।

मूल प्रवाह केन्द्रीय पार्षद सदस्य चन्द्रकान्त शर्माले संगठनको महत्व, इतिहास, अहिलेको आवाश्यकता साथै भारत सरकारसँग नेपाल सरकारले गरेका विभिन्न कालखण्डका संधि सम्झौता, भारतमा नेपालीले भोग्दै आउनु परेका दैनिकी अवस्था बारे प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रममा संगठनका सदस्य शुभचिन्तकहरुको उत्सहापुर्वक सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार