काटेदान एरिया समितिको १६औं सम्मेलन सम्पन्न

तिलक राना,

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण हैदराबाद नगर समिति अन्तरगत काटेदान एरिया समिति को १६औं सम्मेलनमा पदम भण्डारीको अध्यक्षता र लिला बहादुर थापाको सञ्चालनबाट अगाडि बढेको थियो ।

केन्द्रीय बैकल्पिक सदस्य भिम बहादुर थापाको प्रमुख आतित्थ्यता रहेको सो सम्मेलनमा क्षेत्रीय सदस्य कृष्णबहादुर थापा, महिला क्षेत्रीय विभाग सदस्य जुनुमाया थापा, दक्षिण हैदराबाद नगर समितिका अध्यक्ष बिरबहादुर विक, दक्षिण नगर समिति सचिब भुपाल ठाडा राना मगरले अतिथि आशन ग्रहण गर्नुभएको थियो । ज्ञात अज्ञात वीर सहिदहरुप्रति एक मिनेट मौनधारणा गरिएको पछि रोहित क्षेत्री र रक्तिमका कलाकारहरुले गीतबाट स्वागत गर्नुभएको थियो ।

सम्मेलनको उद्घाटन प्रमुख अतिथि भिम बहादुर थापाले गर्नु भएको थियो । फुटपरस्त र गुटबन्दी गतिविधिलाई पराष्त पार्न बैचारिक रुपमा अग्रपंक्तिमा उभिनुपर्ने थापाले बताउनु भएको थियो । ‘नेपालमा मात्रै नभएर अनुशासन बिहिन केही झुण्डले फुटपरष्त संगठन बिरोधी गतिविधि चलाईरहेको हुनाले त्यसबाट सजग रहेर गौरवपूण संगठनको झण्डालाई झुक्न नदिनका लागि संगठनको अनुशासनको पालना गर्दै अगाडि बढ्न कार्यकर्ताहरुलाई थापाले आव्हान गर्नुभएको थियो ।

नवनिर्वाचित समितिको घोषणा दक्षिण हैदरावाद नगर समितिका अध्यक्ष वीर बहादुर बि.क.ले गर्नुभएको थियो । जसमा : अध्यक्ष– लिला बहादुर थापा, उपाध्यक्ष– जित बहादुर थापा, सचिव– वीर बहादुर विक, सहसचिव– राम बहादुर राना, कोषाध्यक्ष– केशव पौडेल, सदस्यहरूमाः पदम भण्डारी, देवेन्द्र थापा, अनिल थापा, राम बहादुर थापा, चन्द्र शाही, बैकल्पिक सदस्यहरूमाः चन्द्र मगर, हरि प्रसाद आचार्य, रोहित क्षेत्री, सल्लाहकारमाः चन्द्र बहादुर नेपाली, प्रताप मल्ल र तारा प्रसाद कालाथोकी रहनुभएको छ ।

क्षेत्रीय सदस्य कृष्णबहादुर थापा, महिला बिभाग क्षेत्रीय समितिका सदस्य जुनुमाया थापा, दक्षिण हैदराबाद नगर समितिका अध्यक्ष बिरबहादुर विक, दक्षिण नगर समितिकै सचिव भुपाल ठाडा राना मगरले नवनिर्वाचित समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । साथै बिच बिचमा रक्तिमको बेजोड प्रस्तुतिले कार्यक्रम अझ उत्साहित भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार