गजल : धेरै देख्छु

सुरेशकुमार पाण्डे

एकताको निहुँमा नै फुट्न खोज्ने धेरै देख्छु,
आ–आफ्नै स्वार्थमा जुट्न खोज्ने धेरै देख्छु ।

हामी त मित्र समाज सेवाकै लागि जन्मेका,
किन हो हामी बाटनै छुट्न खोज्ने धेरै देख्छु ।

जीवनमा एक आनाको पनि नाफा खोजेनौ,
बाटैभरी हामीलाई नै लुट्न खोज्ने धेरै देख्छु ।

डराएनौ डराएकै भए बिकाश हुन्थीएन यहाँ,
पाइलै पछि बिगतझै कुट्न खोज्ने धेरै देख्छु ।

जुटेर केही गरौँ गरौँ लाग्छ देश अनि बिदेश मै,
तर घर–घर आज पनि टुट्न खोज्ने धेरै देख्छु ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार