काका र फूचुङग्री (भाग १२)

फुचुंग्री : काका ! यो बर्षा याममा बाढी पहिरो जाँदा नेपालमा धेरै नोक्सानी भएको छ नि है ?

काका : हो नानी, धेरै धन जनको क्षति भएको छ । कतिपय अवस्थामा सावधानी अपनाउनु सकेको भए केही हदसम्म धनजनको क्षति कम हुनसक्थ्यो । जस्तै खोलाको किनारमा बस्ती बसाल्ने र भिरको छेउछाउमा घर बनाउने निश्चित मापदण्ड हुनुपथ्र्यो । विकास सड्क निर्माणमा वातावरण सन्तुलनको ख्याल गर्नुपर्ने थियो तर त्यसो भएन । समयमै संभावित दुर्घटना हुनु पहिला स्थानान्तर हुन पनि सकेन । त्यो काम सरकारको हो, सरकार निकम्मा साबित भयो ।

फुचुंग्री : मसालमा आएको पहिरोले पनि नोक्सानी भएको देखियो नि काका ?

काका : हो नानि ! दुःख लागेको छ, हजारौं हजार शुभचिन्तकको मन दुखेको छ । सबैले चाहन्छन् वर्षौंदेखि सँगै काम गरेका वर्गिय मायाले लछप्पै भिजेका कमरेडहरु एक आपसमा गालीगलौज गरेर आफ्नो अमूल्य मान प्रतिष्ठामा दाग लगाउनुको सट्टा पार्टी एकतामा जोड दिए हुन्थ्यो ।मतभेद जे जति छन् सम्बन्धित समितिमा छलफल गरेर समाधान गरे हुन्थ्यो । यो त तमासा नै भयो । यसले गर्दा पार्टीलाई धक्का लागेको छ ।

फुचुंग्री : पार्टी नेतृत्व यसमा गम्भीर नभएकै हो र ?

काका : पार्टी नेतृत्व यसमा गम्भीर छ । महाधिवेशनको सम्मान, पार्टीलाई दक्षिणपन्थीको आरोप फिर्ता गर्ने सर्तमा समन्वय गरी पार्टी जिम्मेवारी दिन पार्टी प्रवक्ताको नेतृत्वमा वार्ता टोली बनेको छ । आशा गरौँ साँच्चिकै पार्टीलाई मायाँ गर्ने रहेछन् भने छलफलमा आउनेछन् र पार्टीले दिएको जिम्मवारी लिनेछन् ।

फुचुंग्री : महामन्त्रीले त कोविड १९ को सरकारी उपचार खर्च दिने प्रस्ताव ठुक्राउनु भएछ नि हैं काका ?

काका : त्यो सरकारी ढुकुटीमा भएको पैसो जनताको हितमा विकास निर्माणको लागि हो । कुनै नेता वा मन्त्रीको उपचारका लागि हुँदै होइन । त्यसैले पार्टीले अस्वीकार गर्यो, बरु आफ्नै पार्टी कमिटी सदस्यहरुबाट सहयोग मागेर उपचार खर्च मिलायो ।

फुचुंग्री : उता झलनाथ खनालको उपचार खर्चमा त ढुकुटी खाली गरेछन् त ?

काका : यसको चौतर्फी विरोध भएको छ, झलनाथको छोरा निर्भिक खनाल पेशाले इन्जिनियर छन् । करोडौं कमाउँछन्, मेरो बाउको उपचार म गर्छु भनेनन्, यस्ता नालायक छोराको निन्दा भएको छ । आफ्नो उपचार खर्च गर्ने पैंसा झलनाथ खनालसँग पनि छ । यिनीहरू देश लुटुवा हुन्, केपि ओली, शेरबहादुर देउवा लगायत धेरैले राष्ट्रिय ढुकुटी रित्याएका छन्, समय आए पछि जनताले एकएक हिसाब गर्ने छन् ।

फुचुंग्री : यिनी जागरण वालाले त मोहनविक्रम सिंहको र चित्रबहादुर केसीको उपचार खर्च पार्टी कमिटी सदस्यबाट सहयोग उठाएको पनि विरोध गरे नि होइन र ?

काका : यिनीहरूको काम नै बिरोध गर्ने हो, सरकारको सहयोग प्रस्ताव स्वीकार गरेको भए पनि विरोध गर्ने थिए । यिनीहरू आफै भन्छन् वर्षौंदेखि पार्टीमा मरिमेटेर काम गर्यौं फेरि आफै भन्छन् पार्टी साँगुरिएर सुकेर मरिच जस्तो चाउरी प¥यो सानो भयो । यसको अर्थ के हो, यिनीहरूले मरिमेटेर काम कस्तो गरेका रहेछन् त। यो भन्दा भद्दा मजाक के हुन सक्छ ?

फुचुंग्री : विरोध गरेर कति समय खेर फाल्ने होलान बरु छिट्टै क्रान्तिको उद्घोष गरे हुन्थो नि हुँदैन र काका ?

काका : उफ ! के के सोध्छे यो फुचुङ्रि पनि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार