नयाँ दिल्ली । यही ४–५ अक्टोबर २०२१ मा गोरखपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रथम भेला भएको भेला संगठनबाट निश्कासित र अनुशासन विहीन तथा फुटपरस्त तत्वहरूद्वारा गरिएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले बताउनु भएको छ । खनालले केन्द्रीय समितिको तर्फबाट ६ अक्टोबर २०२१ का दिन विज्ञप्ती प्रकाशित गरि ४–५ अक्टोबर २०२१ का दिन गोरखपुरमा सम्पन्न भेला कथित र अवैध बताउनु भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्वारा संगठनका साधरण सदस्य समेत नरहेका व्यक्तिहरुद्वारा आयोजित रहेकोले यसप्रकारको भ्रममा नपर्न सम्पूर्ण स्तरका कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको छ ।
महासचिव खनालले संगठनको अध्यक्षमा दुर्गाबहादुर केसी र ठाकुर खनाल महासचिव रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नै आधिकारिक र वैधानिक रहेको जानकारी विज्ञप्तीमा जनाउनु भएको छ ।
प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सातौं अखिल भारत सम्मेलन पछिको प्रथम भेलाको नाममा कथित भेला गरि देब बहादुर लामिछानेको अध्यक्षतामा मूल प्रवाहको केन्द्रीय समिति चयन गरेको भन्ने समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
सर्वविदितै भएको कुरा हो कि, देबबहादुर लामिछाने र महेन्द्र बस्यालले संगठनको अनुशासन उल्लंघन गरेका कारणले उनीहरुलाई २०–२१ मार्च २०२१ मा बसेको केन्द्रीय समितिको बैठकद्वारा संगठनको साधारण सदस्य समेत नरहने गरि निश्कासित गरिएको थियो र अन्य कैयौं सदस्यहरुलाई पछि छुट्टाछुट्टै मितिमा संगठन विरोधी गतिविधिमा संलग्न रहेको कारणले नै संगठनको साधारण सदस्य समेत नरहने गरि निश्कासित गरिएको थियो । उनै निश्कासित व्यक्तिहरुले भ्रम सृजना गरि आफ्नो निहित स्वार्थपूर्तिका लागि हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नाम र झण्डाको दूरुपयोग गर्दै ४–५ अक्टुबर २०२१ का दिन गोरखपुरमा कथित भेला सम्पन्न गरेका छन् । गोरखपुरमा सम्पन्न उक्त कथित भेलाबाट गठित समितिमा रहेका पदाधिकारी एवं सदस्यहरु नामावली हेर्दा मूल प्रवाहका साधारण सदस्यबाट समेत निश्कासित व्यक्तिहरु छन् भने कैयौं सदस्यहरु स्थायी रुपमा स्वदेश गएकाहरु छन् । संगठनका साधरण सदस्यहरु समेत नरहेका व्यक्तिहरुद्वारा मूल प्रवाहको नाममा आयोजित उक्त भेला पूर्ण रुपमा अवैध छ ।
उनीहरुको उदेश्य संगठनमा फुटपार्ने र आफ्नो निहित व्यक्तिगत स्वार्थपूर्ति गर्ने नै हो । उनीहरु भारत प्रवासमा सैद्धान्तिक एवं सांगठनिक रुपमा पूर्णरुपमा नांगिएर गएका छन् । त्यसबाट हतोत्साही भएर विभिन्न स्थानहरुमा समानन्तर गतिविधि गर्ने दुष्प्रयास गर्दै आएका थिए । जसको ज्वलन्त उदाहरण हो गोरखपुरमा सम्पन्न भएको कथित भेला ।
हामी यो पनि स्पष्ट गर्न चाहन्छौं कि, संगठनको विधान अनुसार ५ वर्षमा सम्मेलन गर्नुपर्ने प्रवाधान रहेको छ, आवश्यकता अनुसार केही समय अगाडि वा पछाडि हुनसक्छ । आठौँ अखिल भारत सम्मेलनको लागि नीतिगत रुपमा निर्णय भई सम्मेलन तैयारीको लागि भेलाको मिति, स्थान र भेलामा आउने प्रतिनिधिहरुको संख्या समेत निश्चित गरिएको थियो । वैश्विक महामारी कोविड–१९ का कारणले उक्त तैयारी भेला स्थगित गर्नुपर्ने बाध्यताका कारणले भर्चुअल माध्यमबाट सातौं अखिल भारत सम्मेलन पछिको प्रथम अखिल भारत भेला ४ जुलाई २०२१ का दिन सम्पन्न भइसकेको छ । उक्त भर्चुअल भेलाले दुर्गा बहादुर केसीको अध्यक्षतामा ३३ पूर्ण, ११ वैकल्पिक र २२ सल्लाहकार गरि ६६ सदस्यीय केन्द्रीय समिति चयन गरिएको थियो । सो केन्द्रीय समिति अहिले पूर्ण रुपमा परिचालित रहेको छ । जसका निर्णय अनुसार कैयौं महत्वपूर्ण कार्यक्रमहरु सपम्पन्न भइसकेका छन् ।
संगठन विरोधी तत्वहरुले संगठनको नीति, विधान, पद्धति र अनुशासनका विरुद्ध लगातार हमला गर्दै भारत प्रवासमा छरिएर रहेका श्रमजिवी नेपालीहरुको आस्थाको धरोहर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज माथि नै हमला गरिरहेका छन् । त्यस प्रकारका व्यक्तिहरुद्वारा आयोजित हुने कुनै पनि प्रकारका कार्यक्रमको बारेमा भ्रम नपर्न र उनीहरुले चलाएको फूटपरस्त गतिविधिलाई अविचलित रुपमा संघर्ष गर्दै परास्त गर्न भारतभरि छरिएर रहेका सम्पूर्ण स्तरका कार्यकर्ताहरुलई निर्देशन गर्दछौं ।
अन्तमा : भारत प्रवासमा रहेका श्रमजीवी नेपालीहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अध्यक्ष दुर्गा बहादुर केसी र महासचिव ठाकुर खनालको नेतृत्वमा पूर्ण, वैधानिक एवं एक ढिक्का छ । त्यसैले कुनै पनि व्यक्तिहरुले चलाएको फूटको हल्लामा नपर्न समेत हामी विभिन्न संघ–संस्था, मिडियाकर्मी एवं सरोकारवालाहरुलाई यसै विज्ञप्ती मार्फत जानकारी गराउँछौं ।”















