कोयम्बटोरमा प्रशिक्षण कार्यक्रम सम्पन्न

कोयम्बटोर, १ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बतुर नगर समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष दुर्गा बहादुर के.सी.को बिशेष उपस्थितिमा समसामयिक राजनीतिक प्रसिक्षण कार्यक्रम सम्पन्न भयको थियो ।

उक्त कार्यक्रम नगर सचिब चन्द्र प्रसाद पौडेलको सञ्चालन र नगर अध्यक्ष नरेन्द्र कुमार नेपालीको अध्यक्षताबाट अगाडी बढेको सो कार्यक्रममा केन्द्रीय अध्यक्ष दुर्गा बहादुर के.सी. र केन्द्रीय पार्षद सदश्य रविशंकर शर्माको आतित्थ्यता रहेको थियो । शहिदहरुप्रती १ मिनेट मौनधारण पश्चात उपस्थित जनमानसलाई नगर कोषाध्यक्ष गोपाल शर्माले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर के.सी. र केन्द्रीय पार्षद सदश्य रविशंकर शर्माले विभिन्न विषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार