हापुड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत हापुडन गर समितिको अयोजानामा दिपावली मिलन कार्यक्रम सम्पन्न भएको छ ।
कायकार्यक्रमको अध्यक्षता पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार मेघराज केसीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मोतीचन्द गौतम र राहुल शर्माले स्वागत गर्नु भएको थियो । आफ्नो अध्यक्षीय मन्तव्यमा मेघराज केसीले भारत प्रवाशमा नेपाली भासा संस्कृतिको रक्षा, विकास र बिस्तार एवं हक हितको लागि मूल प्रवाहले खेलेको भुमिकाबारे प्रकाश पार्नुका साथै सम्पूर्ण हापुडबासीलाई संगठनको तर्फबाट दिपावलीको शुभकामना दिनु भयो ।
कार्यक्रममा जेहेन्दार प्रतिभाशाली बालबालिकाहरुलाई प्रोत्साहित गर्न पुरस्कार स्वरूप उपहारको व्यवस्था समेत गरिएको थियो । आरोग्य योग केन्द्र हापुडमा सम्पन्न भएको कार्यक्रममा कलाकारहरु नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।















