काठमाडौँ । पुनाका शेरबहादुर पुलामी र विष्णु पुलामीले छुट्टाछुट्टै विज्ञप्ती जारी गरि आफूहरू दुर्गाबहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहनुभएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमै आबद्ध रहेको बताउनुभएको छ ।
अनुशासनविहीन तथा फुटपरस्त तत्त्वहरूले गत अक्टोबर ४, २०२१ का दिन कथित भेला राखी उहाँहरूलाई केन्द्रीय सल्लाहकार राखेपछि उहाँहरूको यस्तो स्पष्टीकरण आएको हो ।
दुवै जनाको हस्ताक्षरमा नोभेम्बर ३, २०२१ का दिन दिइएको स्पष्टीकरणमा अनुशासनविहीन र फुटपरस्त तत्वहरूले फैलाउने भ्रममा नफस्न अनुरोध पनि गरिएको छ ।
यस्तो छ– स्पष्टीकरणको पूर्ण पाठ :
‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले संगठनात्मक रूपले अनुशासनविहीन र गुटबन्दीजन्य गतिविधिमा संलग्न भएका कारण केही व्यक्तिलाई अनुशासनको कारबाही गरी निष्काशन गरेको थियो । तिनै व्यक्तिहरूले गत अक्टोबर ४, २०२१ मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजकै नाममा गोरखपुरमा कथित भेला आयोजनाको कथित नाटक रचेर मूल प्रवाहकै कथित केन्द्रीय समिति गठन गरेको र त्यसमा म शेरबहादुर पुलामी र विष्णु पुलामी (पुना) लाई केन्द्रीय समितिको सल्लाहकार राखेको झुटा समाचार सम्प्रेषण गरेका थिए ।
हामी दुवै हामी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दुर्गाबहादुर केसी अध्यक्ष र ठाकुर खनाल महासचिव रहेको केन्द्रीय समितिमै आबद्ध रहेको जानकारी गराउँदै अनुशासनविहीन र फुटपरस्त तत्त्वहरूले फैलाउने यस प्रकारका झुटा भ्रममा नफस्न आम कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछौँ ।’















