करनाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष विक्रमसिंह राणाकी धर्म पत्नी बशुन्धरा रानी राणाको संझनामा ३१ अक्टोबर २०२१ का दिन शोक सभा सम्पन्न पारिएको छ ।
शोक सभामा केन्दीय अध्यक्ष दुर्गा बहादुर केसी, केन्द्रीय सल्लाहकार एवं क्षेत्रीय सचिव शालिकराम आचार्य, क्षेत्रीय सदस्य मनिराम अधिकारी नगर समितिका लाल बहादुर बस्नेत, श्रीमान विक्रम सिंह राणा, छोरा राजेन्द्र राणा, छोरी मिना कुमारी राणा लगायतले शोक मन्तव्य दिनुका साथै श्रद्धान्जली प्रकट गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष रामबहादुर विकले र नगर उपाध्यक्ष टिकाराम विकले सञ्चालन गर्नुभएको थियो ।
















