चेन्नईमा एकता समाजको ४३औं स्थापना दिवस तथा प्रगतिशिल देउसी- भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न

चेन्नई, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा दिनांक: ७ नोभेम्बर २०२१ नेपाली संवत् २०७८कार्तिक २१ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४३औं स्थापना दिवस तथा २०७८ सालको प्रगतिशिल देउसी- भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
किशोर शर्माको उद्‌घोषणमा अगाडि बढेको उक्त कार्यक्रममा अध्यक्षता मूल प्रवाह चेन्नई दक्षिण नगर समितिका खगराज शर्माले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका कोषाध्यक्ष कुल बहादुर थापा हुनुहुन्थ्यो। अन्य अतिथिहरूमा मूल प्रवाहका केन्द्रीय सदस्यहरू मदन शर्मा, मोहराज चालिसे, केन्द्रीय सदस्य तथा मूल प्रवाह दक्षिण भारत क्षेत्रिय समितिका अध्यक्ष चन्द्र बहादुर थापा क्षेत्रिय सदस्यहरू काशिराम शर्मा, केशमान नेपाली, लक्ष्मण चालिसे क्षेत्रिय प्रतिनिधि उमानन्द शर्मा त्यसै गरि चेन्नई पूर्व नगर समितिबाट ओमकान्त शर्मा, चेन्नई पश्चिम नगर अध्यक्ष बुद्दि राम पौडेल महिला बिभागबाट चन्द्रिका पौडेलको अतिथि आशन ग्रहण पश्चात् ज्ञात अज्ञात शहिदहरु पर्ति एक मिनेट मौनधारण गरिएको थियो।तिल बहादुर वि. क.ले शब्दद्वारा स्वागत गरिएको समारोहमा रक्तिम सांस्कृतिक अभियान चेन्नईका कलाकारहरूले गितबाट उपस्थित जनमानसलाई स्वागत गरिएको थियो।
प्रमुख अतिथि तथा केन्द्रीय कोषाध्यक्ष श्री कुल बहादुर थापाले मैन बत्ती बालेर तालीको गडगडाहट बिच विधिवत् उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा उद्घाटन भाषण गर्दै वहाँले देशको समसामयिक विषयलाई प्रष्ट्याउंदै मूल प्रवाह नेपाली एकता समाजको ऐतिहासिक ४३औं स्थापना दिवस मनाई रहंदा आफु अत्यन्तै गौरवान्वित भएको र मूल प्रवाहको रक्तरन्जित झन्डालाई अझै उचाइमा पुर्याउनको लागि आफु प्रतिबद्ध रहेको बताउनुभएको थियो। यस गौरवमय इतिहासलाई धमिल्याउनको लागि बिच बिचमा आउने अवसरवादी तथा फुटपरस्त केही तरंगहरु मूल प्रवाहको बिशाल समुद्रमा बिलाउँदै गएको इतिहास साक्षी रहेको बताउनुभएको थियो।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अर्का वक्ता केन्द्रीय सदस्य मदन शर्मा हुनुहुन्थ्यो वहाँले भारतमा संगठन लाई तहसनहस पार्नका लागि समानान्तर समिति गठन गर्दै हिंड्ने महत्त्वाकाङ्क्षी तत्वहरुको बारेमा प्रकाश पार्नुभएको थियो। शुभकामना मन्तब्य राख्नु हुनेहरू मा केन्द्रीय सदस्य मोहराज चालीसे दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा सदस्य हरुमा केशमान नेपाली, काशीराम शर्मा, लक्ष्मण चालीसे, अोम कान्त शर्मा, बुद्धिराम पौडेल, क्षेत्रीय प्रतिनिधि उमानन्द चालिसे, महिला बिभागबाट चन्द्रिका पौडेल नगर समितिहरुबाट उत्तरबाट मान बहादुर के सी, पश्चिमबाट नेत्र लाल शर्मा, बिच बिचमा रक्तिम सांस्कृतिक परिवार बाट रोचकता झल्काउने देउसी भैलो प्रदर्शन गरीएको थियो। उपस्थित जनसमुदाय हरूलाई सूर्य प्रसाद भूसाल द्वारा धन्यवाद प्रस्तुत गर्दै अध्यक्ष बाट कार्यक्रमको समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार