हिसारमा स्थापना दिवस तथा प्रगतिशील देउसी-भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न

हिसार, 7 नोवेम्बर 2021 मूल प्रवाह सुदुरपश्चीमोत्तर क्षेत्रको हिसार नगर समिती ले संगठनको ४३ औ स्थापना दिवशको कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ। समारोहमा प्रमुख अतिथी मूलप्रवाहका महासचिव ठाकुर खनालले एकता समाज सामाजिक संगठनको रुपमा प्रवासी नेपालीहरुको सुखदुख मा अभिभावकत्व निभाउदै राष्ट्रीयताको पक्षमा, संघियता र एमसिसी विरुद्बको आन्दोलन र सबैखालका अवसरवादीहरु विरुद्ब सैद्धान्तिक प्रतिकार गर्दै एउटा राजनैतिक जिम्वेदारी निभाउने दिशामा अविचलित अगाडि बढिरहेको बताउनु भएको छ ।
अन्य वक्ताहरुमा मूलप्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रिय सदस्य आत्मराम न्यौपाने, क्षत्रिय महिला विभागकी सेती राना इन्ड्रट्रीयल एरिया का अध्यक्ष लाल बहादुर चुदाली ,सिटि एरिया ए का ओम प्रकाश तिवारी, सिटि एरिया बि का केहर सिंह घर्ती मगर, महिला नगर संयोजक निरु सारु, बिद्यार्थी संघकी रक्षा सोमरे, रक्तिम विभागका दिपा लम्तरी, समता विभागका श्याम बहादुर बिक, जनजाती विभागका छत्र बहादुर सारु लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम नगर अध्यक्ष नन्द बहादुर लम्तरी को अध्यक्षतामा तथा नगर सचिव तारा सोमरे को संचालनमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष बाबुराम पोख्रेल ले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार