भोपालमा प्रगतिशील भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न

भोपाल ०५/११/२०२१  मूल प्रवाहअखिल भारत नेपाली एकता समाज मध्य भारत क्षेत्रीय समिति अन्तर्गत भोपाल नगर समितिको आयोजना प्रगतिशील देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नगर अध्यक्ष पिताम्बर पुलामीको अध्यक्षता र श्रीमती सोनु थापाको संचालनमा अतिथिहरुको आसन पछी ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरियो । कार्यक्रममा सहभागी अतिथि एवं आम जनसमुदायलाई आयोजक समितिको तर्फबाट अर्जुन जिएमले मन्तव्यद्वारा स्वागत गर्नु भएको थियोे । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि केन्द्रिय संगठन समितिका श्री नारायण सापकोटाद्वारा दिप प्रज्वलन गरि गर्नु भयो ।
अन्य मध्य भारत क्षेत्रीय समितिबाट लाल बहादुर क्षेत्री, भोपाल नगर समिति पुर्व अध्यक्ष किम बहादुर कार्की, प्रवासी नेपाली संघबाट छविलाल कंडेल, अखिल भारत नेपाली एकता मंचबाट नगेन्द्र ढकाल, संस्कृति परिषद भोपालबाट ऋषि लुइँटेल, पशुपतिनाथ नेपाली समाज भोपालबाट महामन्त्रि घनश्याम बेलबासे, महिला उपाध्यक्ष्य लक्ष्मी बेल्वासे, बिजनेस मेन रामु शर्माले शुभकामना मन्तब्य दिनु भएको थियो।
देउसी भैलो कार्यक्रममा रक्तिमसांस्कृतिक विभाग भोपालका कलाकार अर्जुन जी यम, भिम बिक, मधुकला सोनी एवं लक्ष्मी पाण्डे लगायतका साथीहरू द्वारा स्वागत गित सहित विभिन्न नेपाली लोक नृत्य तथा गीतहरु प्रस्तुत गरि दर्शकहरुलाई मनोरंजन दिएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार