सोनीपत नगर समितिको प्रगतिशील देउसी भैलो कार्यक्रम सम्पन्न

सोनीपत, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोनीपत नगर समितिले सोनीपत र नरेलाका विभिन्न स्थानमा नेपाली समुदाय का बीच देउसी भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शुक्रवार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति सदस्य उमानन्द बञ्जाडेले देउसी भैलो कार्यक्रमको उदघाटन गर्नुभएको थियो।
त्यस पछी सोनीपत नगर समितिका कार्यवाहक अध्यक्ष कृष्ण बैजालीको कोठामा भैलो खेली भैलो कार्यक्रमको सुरुवात गरेको थियोे । भारतमा रहेका नेपाली समुदायका बीचमा देउसी भैलो खेली रमाईलो गर्नुका साथै खुसी साटासाट शुभकामना आदान-प्रदान गरिएको थियो।
हाम्रो भैलो नेपाली समुदायको घर दैलोमा पुग्दा वहाँहरुले खुसी हुदै छमछमी नाच्दै हामीलाई स्वागत एवं सहयोग गर्नुभएको थियो।
भैलो कार्यक्रममा पश्चिमोत्तर क्षेत्रीय समिति सदस्य उमानन्द बञ्जाडेको नेतृत्व र सोनीपत नगर समितिका का.वा. अध्यक्ष कृष्ण बैजाली, नगर समितिका वैकल्पिक सदस्य गोपाल राना कलाकारहरू:- उमा राना, अनुपा बैजाली, पुजा थापा, जानका आचार्य, अभिषेक थापा, प्रकाश घर्ती, कलवता महरा, आकाश बैजाली, सिमा थापा, विकास थापा लगायत कलाकारहरुको सहभागी रहेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार