मूल प्रवाहको मध्य पश्चिम भारत क्षेत्रमा संगठन बिस्तारमा तिब्रता: पुनामा दुई नगर समिति

पुना, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्र भित्र संगठन बिस्तारको काम निरन्तर चलिरहेको छ । केही दिन अगाडि मात्र मुम्बईको बान्द्र , कल्याण र नासिकमा केन्द्रिय समितिका महासचिब ठाकुर खनाल र सदस्य गोबिन्द थापा र टंक कुवरको उपस्थितिमा नयाँ स्थानमा नगर समिती गठन भएको थियोे । ती नगर समितिहरुले संगठनका टोल एरिया समिति गठन गर्ने र सदस्य संख्या वृद्धि गर्ने कार्य चलिरहेको छ । मध्य पश्चिम भारत क्षेत्रीय समितिमा अन्तर्गत ४ अक्टोबर २०२१ कादिन महाराष्ट्रको पुना उपमहानगर पालिकामा केन्द्रिय समितिका उपाध्यक्ष प्रेम पौडेल र मध्य पश्चिम भारत क्षेत्रीय सदस्य तथा पुना उपमहानगर पालिका इन्चार्ज सेर बहादुर पुलामिको पहलमा पुना पश्चिम नगर समितिको गठन भएको छ ।
धन सिंह राहाडीको अध्यक्षता , सहिदहरुको सम्नानमा एक मिनटको मौन धारण , बिष्णु पुलामिको स्वागत भाषण र महेन्द्र थापाको सन्चालनमा अगाडि बढेको भेलाको उद्घघाटन केन्द्रिय समितिका उपाध्यक्ष प्रेम पौडेलले गर्नु भएको थियो ।आफ्नो उद्घघाटन मन्तब्यमा प्रेम पौडेलले मूल प्रवाहको बिगत ४३ बर्षको सङठनात्मक र संघर्ष को इतिहास , भारतमा नेपालिहरुको अबस्था, देशको बर्तमान राजनैतिक परिस्थिति , मूल प्रवाहको नेपालको राजनैतिक आन्दोलनन प्रतिको भूमिका बारेमा प्रस्ट्याउदै मूल प्रवाहको अहिले सम्मको ईतिहास संघर्षसै संघर्षको इतिहस रहेको र मूल प्रवाहलाई भारत ब्यापी स्थापित गर्ने अभियानमा हामिले कैयौं होनाहर नेतृत्वकर्ता गुमाउनु परेको तितो यथार्थ स्मरण गर्दै दर्जनौ सहिदको रगत र हजारौ नेता कार्यकर्तको पसिनाले सिचियको भारत स्थित नेपाली हरुको हक हित उत्थान र सुरक्षा कवजको रुपमा स्थापित हाम्रो गौरबसाली संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाइ ध्वस्त पार्न केही स्वार्थी तत्वहरुले स्थापना भएको केहि बर्ष नबित्तैबाट लगातार कोसिस नगरेका हैनन । अबसरवादी , अनुशासनहिन , क्यारिरिष्ट र स्वार्थी तत्वहरुका जाल झेल , षड्यन्त्र र गुटबन्दीजन्य गतिबिधिका बिरुद्ध हजारौं हजार नेता कार्यकर्ताको सचेत र निर्मम संघर्षको परिणाम स्वरुप अहिले मूल प्रवाह आखिल भारत नेपाली एकता समाज भारत ब्यापी सशक्त रुपमा स्थापित भएको छ भने अर्को तर्फ मूल प्रवाहलाई ध्वस्त पार्ने सबै प्रकारका प्रयत्नहरु भुत्ते साबित भएको ईतिहास हाम्रा अगाडि ऎना झै छर्लङ्ग हुदाहुदै पनि अहिले फेरि केही अनुशासन बिहिन , अराजक र क्यारिरिष्ट तत्वहरु अरुको बैसाखी टेकेर मूल प्रवाहलाई ध्वस्तपार्ने दिउसै सपना देखिरहेका छन । अरुको सापटी बैसाखी टेकेर गन्तब्यमा पुग्न नसकिने यथार्थलाई बुझ्न नसकेर अत्यन्तै भ्रम पुर्ण , अराजक र ध्वम्सात्मक गतिबिधी गर्ने प्रयत्न गरिरहेका छन ।उनिहरुको त्यस प्रकारको प्रयत्नलाई भारत ब्यपी सचेत नेताकार्यकर्ताहरुले पहिलो झट्कामै असफल पारिसकेको अबस्थाछ अहिले ।केही बचे खुचेका अराजक र अबसरबादिहरुले आफुले सापटी लिएको बैसाखिको गुन चुक्तागर्ने र आफुलाइ सुरक्षित ल्यान्ड गर्ने बार्गेनिङ का लागि कथित समानान्तर समितिको नाममा अनुशासित र इमान्दार कार्यकर्ताको बलि चडाउने बिगत देखिको असफल र बासी प्रयत्न गरिरहेको वताउदै हामिले हाम्रो संगठनको गौरबसाली इतिहासको रक्षार्था थप सचेत र सगठननलाई मजबुत बनाउन हाम्रो स्प्रीट अरुबढाउनु पर्ने र जनता जागरुक भ्रमलाई चिर्नुपार्ने औल्याउदै यो भेलामा सहभागी नेता कार्यकर्ताहरुले अहिलेको हाम्रो काधमा आएको जिम्म्वेवारी पुरागर्न मत्वपुर्ण भुमिका खेल्नेमा आफु विस्वत रहेको बताउनु भयो ।
पुना पश्चिम् नगर समितिको भेलालाई सम्बोधन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका सदस्य तथा पुना इन्चार्ज सेर वहादुर पुलामिले अबसरबादी र अराजकहरु कतिसम्म झुट र भ्रमको खेतिगर्दा रहेछन भन्ने स्वयं आफू त्यसको भुक्तभोगी रहेको वताउदै आफू मूल प्रवाहको समर्पित कार्यकर्ता हुदाहुदै मेरो कुनै सहमती बिना गोरखपुरमा गरिएको भनिएको कथित भेलाबाट मेरो नाम समेत सामेल गरि अहिले सम्मको मैले संगठनम कामगरेको इतिहासनै समाप्त पार्ने षड्यन्त्र गरेको बताउदै यस्ता अबसरबादी तत्वहरुबाट सबै सजक र सतर्क रहन अनुरोध गर्नु भयो ।
भेलाले धनसिंह राहाडिको अध्यक्षतामा ११ पुर्ण ४ बैकल्पिक र ४ सल्लाहकार सहित १९ सदस्यिय पुना पश्चिम नगर समितिको गठन गरेको छ । जसको उपाध्यक्षम महेन्द्र थापा , सचिबमा देबिराम सिन्जापती, सहसचिबमा बलजित राना, कोषाध्यक्षमा ओम राना र सदस्यहरु धर्मेन्द्र राहाडी, दिनेश सिन्जापती, बिष्णु पुलामी , हरि सिंह राना, राम चन्द्र केसी, रोम बहादुर फौजा बैकल्पिक सदस्यमा लोकेश त्रामु, नवीन दर्लामी, महेन्द्र बि क, भिम बहादुर घर्ती र सल्लाहकारमा तिलक गाहा, रोम बहादुर मरसङ्गी, चन्द्र बहादुर राना र एक स्थान रिक्त रहनु भएको छ ।

त्यसै गरि पुना पुर्ब नगर समिती निम्म अनुसार रहेको छ । खिम राज राउतको अध्यक्षतामा दुई रिक्त रहने गरि १३ सदस्यिय पुना पुर्व नगर समितिको गठन भएको छ । जसमा उपाध्यक्ष लक्ष्मण बिक, सचिब खिम लाल भन्डारी, सहसचिब चक्र बि क, कोषाध्यक्ष राम कुमार बिक र सदस्यहरुमा धन बहादुर बिक , प्रकाश जेठारा, जनक बहादुर भूल, नारायण केसि, दिपक सुनार र नरेश थापा रहनु भएको छ भने २ स्थान रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार