कोट्टयाम (केरला)मा ४३ औ स्थापना दिवस र भैलो कार्यक्रम सम्पन्न भयको छ।

कोट्टयाम,०७ नोबेम्बर २०२१ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले मूल प्रवाहको ४३ औं स्थापना दिवस र २०७८ सालको भैलो कार्यक्रम सँयुक्तरुपमा भब्यताका साथ सु सम्पन्न पारेको छ।
कार्यक्रममा समाजका नेता चोबनाथ शर्माले कार्यक्रम लाई उद्दघाटन गर्दै मूल प्रवाहको स्थापना र भैलो तिहारको महत्वबारे प्रस्टाउदै भन्नू भयो। मुल प्रवाहलाई यहाँ सम्म ल्याईपुराउदा कयौ पटक बाधा अर्चनाहरु हामि समक्ष खडा भयका थिय। त्यस्ता सबै खाले अराजक्ता फुट प्रस्त तत्वहरुलाई श्रमजिवि बर्गहरुको लगानि र योगदान बाट फुटप्रस्त तत्वहरुलाई किनारा लगाउदै आएको हामिहरुसँग बिगतका कयौ ईतिहासहरु साँचिछन अहिलेका अनुसासन बिहिन अराजक्ताबादि फुटप्रस्त तत्वहरुको पनि भोलि बिहानको हबिगत त्यस्तै हुनेछ। भन्दै अगाडि भन्नू भयो सँगठनलाई धुमिलाउन खोज्ने तत्वहरुदेखि सजकता अपनाउदै सँगठनलाई मजबुत बनाउन हामिसबैको महत्वपुर्ण दायित्व र आवश्यकता हो भ्रमको खेतिमाबाट कोहि पनि बिचलित नहुन आग्रह गर्नुभयको थियो।
जनवादि भैलो तिहारको महत्वलाई मध्यनजर गरेर रक्तिम सँस्कृतिक विभाग कोट्टयामले स-साना नानीहरूले गित तथा नित्यहरु प्रस्तुत गरेको थियो। नेपाली भाषा सांस्कृति अनुसार प्रवासी दाजु भाइ तथा दिदी बैनिहरुले सतरंगी टीका मखमली गुरदौली फुलका माला उनेर लगागी तिहार मनाउन नपाय पनि विदेशको भुमिमा देउसी भैलो खेलेर सम्झना ताजा गराउने काम भयो । विभिन्न जनवादी गित नृत्य पँचेबाजा प्रस्तुत गरेर हलमा उपस्थित जनमानसहरुलाई नाच्न र मनोरञ्जनको अबसर भयको थियो।
कार्यक्रममा केन्द्रीय समितिका चोबनाथ शर्मा दक्षिण भारत क्षेत्रीय समितिका सह सचिव तथा नगर अध्यक्ष धर्माराज शर्मा क्षत्रीय समितिका भद्र बाहादुर थापा क्षेत्रीय समिति तथा नगर महिला विभाग अध्यक्ष धनकुमारि के सी क्षेत्रीय तथा नगर महिला बिभाग सचिव एवम रक्तिम साँस्कृतिक विभाग की बालिका देबि शर्मा विद्यार्थी संघ नगरका अध्यक्ष सन्देश के सि हुनुहुन्थ्यो।
कार्यक्रम नगर सचिव मनोज जि सि को संचालन र प्रेम प्रसाद शर्माको अध्यक्षता सम्पन्न भएको थियो । केन्द्रीय समितिका चोबनाथ शर्माको प्रमुख अतिथ्यता र क्षे.स सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, भद्र बहादुर थापा, धन कुमारि के सि, बालिका देबि शर्मा, सन्देश के सिको अतिथि आसन ग्रहण पछि ज्ञात अज्ञात सहिदहरु पर्ति एक मिनट मौनधारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो । नगर समितिका हरि प्रसाद पौडेलले स्वागत मन्तब्यबाट र कलाकारहरुले गित संगीतबाट अतिथिको तथा जनसमुदायलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार