भिवाडीमा स्थापना दिवस तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

भिवाडी, दिनाङ्क ७ नोवेम्बर २०२१ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती भिवाडीको आयोजनामा ४३औ स्थापना तथा नगर स्तरीय प्रशिक्षण शिविर सम्पन्न गरेको छ। नगर सचिब कृष्टी राईको सन्चालन र नगर अध्यक्ष काजीराम श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा ज्ञात अज्ञात सहिदहरु प्रती एक मिनेट मौन धारण गरिएको थियो। प्रमुख अतिथि केन्द्रिय सल्लाहकार किशोर राई, क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे र राम बहादुर थापाको अतिथि आसन ग्रहण पछि नगर सदस्य नारायण शर्माले उपस्थित सम्पुर्ण जनसमुदायलाई आफ्नो स्वागत भाषण मार्फत स्वागत गर्नु भएको थियो।

प्रमुख अतिथि किशोर राई ज्युले नगर स्तरीय प्रशिक्षण दिनु भएको थियो। प्रशिक्षण कार्यक्रममा बोल्नु हुदै उहाँले यस मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रवास स्थित नेपालीहरुको अभिभावक सङ्गठन भएको भन्दै ४३औ स्थापना दिवस मनाइरहदा अनेक बाधा अवरोध पार गरेको उल्लेख गर्नु भएको थियो। सङ्गठनमा रहेर काम गर्दा कहिले काहीँ सानातिना समस्या आउने र त्यस्ता समस्याहरुलाई हामी सबै मिलेर समाधान गर्नु पर्ने तथा निडर भई अगाडि बढ्नु पर्ने बताउदै शोषित पीडित र अन्यायमा परेका नेपाली दाजुभाइलाई दिदीबहिनीको समस्या समाधान गर्न हामी सधैं तत्पर रहनु पर्ने र त्यसको लागी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झन्डा मुनि गोलबन्द हुन सम्पुर्ण प्रवासी नेपालीहरुमा आव्हान गर्नु भएको थियो। त्यस्तै उहाँले सङ्गठनको बिबिध विषयमा जानकारी गराउंनु भएको थियो।

क्षेत्रीय सदस्य क्रमशः राम प्रसाद घिमिरे ज्यु र राम बहादुर थापाले ज्यु ले पनि सङ्गठनको विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो। ४३ औ स्थापना दिवसमा शुभकामना दिनु हुने अन्य वक्ताहरुमा क्रमशःमहिला बिभागबाट फूल माया कुमाल, बिद्यार्थी बिभागबाट सृष्टि राई, एरिया समितीबाट नारायण तिवारी, नगर सदस्यहरु क्रमशः बाबुराम खड्का, अमृत के.सी., रमेश परियार, गिर बहादुर थापा ज्यु रहनु भएको थियो। त्यसै गरि डि. बि राना ज्युले पनि सो अवसरमा शुभकामना दिनु भएको थियो। अन्तमा अध्यक्ष द्वारा कार्यक्रम अत्यन्तै अनुशासित रुपमा सप्पन्न भएको घोषणा गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार