रोहतकमा 2078 देउसी भैलो कार्यक्रम सम्पन्न

रोहतक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक द्वारा संचालित देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ नगर समितिका कार्यवाहक अध्यक्ष सुभाष गौतम को अध्यक्षता र पश्चिम उत्तर क्षेत्रिय समितिका सदस्य मोहन सिंह बिक को प्रमुख अतिथित्यामा सुरु भएको देउसी भैलो कार्यक्रम निबर्तमान अध्यक्ष रेसम बिक ले संचालन गर्नुभएको थियो। शुभ दिपावली र तिहारको शुभकामना दिँदै रोहतक स्थित नेपालीहरुको घरदैलोमा पुगेर नगर, एरिया र टोलका साथीहरुले बिभिन्न गित र नृत्य प्रस्तुत गरी तिहारको शुभकामना सहित संगठनमा आबद्ध हुन अनुरोध गर्नुभएको थियो। 4 ओक्टुबर देखि सुरु भएको कार्यक्रम 7 ओक्टुबर 2021का दिन सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार