श्रीगंगानगर, 7नोवेम्वर 2021 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगरसमिती को आयोजना मूलप्रवाहको ऐतिहासिक 43 औ स्थापना दिवसको कार्यक्रम मनाउदै 2078 को प्रगतिशिल देउसी-भैलोको पनि समापन गरेको छ। यस अवसरमा मूलप्रवाहको स्थापना को उद्धेश्य तथा संगठनको भूमिका को महत्ववारे प्रकास पार्दै केन्द्रीय सदस्य कृष्ण जीसीले गहकिला विचार राख्नु भएको थियो। सो समारोहमा बोल्ने अन्य वक्ताहरुमा मूलप्रवाह सुदुरपश्चीमोत्तर क्षेत्रिय सदस्य हुम बहादुर बिक, महिला क्षेत्रीय विभाग कोषाध्यक्ष सुनिता भट्टराई, क्षेत्रिय विभागकी बसन्ता नेपाली, रक्तिम क्षेत्रिय सदस्य कृष्ण नेपाली र समता नगर संयोजक प्रेम विक लगाएत हुनुहुन्थ्यो। कार्यक्रम नगर अध्यक्ष गिरु प्रसाद न्यौपानेको अध्यक्षतामा तथा हरि न्यौपानेको संचालनमा सम्पन्न भएको थियो भने स्वागत रेशम भन्डारीले गर्नुभएको हो।















