सुदुरपश्चीमोत्तर क्षेत्रभरी मूलप्रवाहको स्थापना दिवशको कार्यक्रम भव्यरुपमा सम्पन्न।

खिमराज चालिसे

 ७ नोवेम्वर २०२१ मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४३ औ स्थापना दिवशको सुदुरपश्चीमोत्तर क्षेत्रका विभिन्न नगरहरु मा भव्यरुपमा सम्पन्न भएका छन।

Open photo

चंडिगढ, मूल प्रवाह चंडिगढ नगरसमिती को आयोजनामा सम्पन्न समारोहमा एकता समाजको गौरवमय इतिहास र प्रवासी नेपालीहरुको समसामयिक समस्या हरु मा एकता समाजको भुमिका लगाएतका विषयहरुमा गहकिला विचार राख्दै बोल्ने वक्ताहरुमा केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार तिलक पौडयाल, केन्द्रीय सल्लाहकार एंव नेपाली समाचारका संयोजक खिमराज चालिसे, मूलप्रवाह सुदुर पश्चीमोत्तर महिला क्षेत्रीय सचिव जुना चालिसे, सुदुरपश्चीमोत्तर क्षेत्रिय सदस्य प्रेम आचार्य, समता विभागका केन्द्रीय सदस्य बिनु नेपाली, विध्यार्थी संघका केन्द्रीय सदस्य विष्णु बेल्बासे, क्षेत्रिय अध्यक्ष माधव पोख्रेल जनजाति विभागका थमन थापा लगाएत हुनुहुन्थ्यो। कार्यक्रम नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा तथा नगर सचिव तेज बहादुर रोकाको संचालनमा सम्पन्न भएको थियो भने स्वागत कोषाध्यक्ष किसन खनालले गर्नुभएको हो।

Open photoOpen photo

रोपड, मूलप्रवाह सुदुरपश्चीमोत्तर क्षेत्रको रोपड नगरसमिती ले पनि स्थापना दिवशको कार्यक्रम सम्पन्न गरेको छ। समारोहमा गहकिला विचार राख्दै बोल्ने वक्ताहरुमा मूलप्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रिय अध्यक्ष प्रेम सापकोटा, सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य शिबलाल लामिछाने, जनजाति क्षेत्रिय विभागका बिल वहादुर गुरुङ, महिला क्षेत्रीय सदस्य खगी थापा, लक्ष्मी गुरुङ, मन्जु थापा लगाएत हुनुहुन्थ्यो । कार्यक्रम छबिलाल सापकोटा को अध्यक्षतामा तथा नन्दलाल सापकोटा को संचालनमा सम्पन्न भएको थियो भने स्वागत भक्त बहादुर थापाले गर्नुभएको थियो।

Open photo

लुधियाना, त्यसै गरि मूलप्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रको लुधियाना तथा लुधियाना फोकलपाइन्ट नगर समिती को सम्युक्त आयोजना मा ऐतिहासिक ४३ औ स्थापना दिवशको कार्यक्रम सम्पन्न भएको छ। यहा प्रमुख अतिथी मूलप्रवाह का केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्द हुनुहुन्थ्यो वहाले मूलप्रवाहको विकास विस्तार मा मजदुरहरु को भुमिकाको बारेमा स्पष्ट पार्नु भएको थियो। त्यस्तै मन्तव्य दिने अन्य वक्ताहरुमा केन्द्रीय सदस्य बासुदेव भट्टराई, क्षत्रिय सदस्य रामचन्द्र पौड्याल, नगर समितिका राजकुमार शाहि, रक्तीम का गोविन्द परियार,समता विभागका भगत विक र अमित लगाएत हुनुहुन्थ्यो। कार्यक्रम हरि केसी को अध्यक्षतामा तथा अर्जुन कार्की को संचालनमा सम्पन्न भएको थियो भने स्वागत चेतमान आलेल गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार