भारतमा मुल प्रवाह

 कविता

रचना बिस्णु शर्मा (पान्डेचेरी)

भोकाहरुको निम्ति, गाँस हौ तिमी ।

नाङ्गाहरुको निम्ति , कपास हौ तिमी ।।

घरबार बिहिनहरुका निम्ति, बाँस हौ तिमी ।

कमजोर छातीका निम्ति, अदम्य साहष हौ तिमी ।।

बेचिएका नारीहरुको निम्ति, उद्दार हौ तिमी ।

निसापानी गर्नेहरुको निम्ति, सुधार हौ तिमी ।।

आस्था राख्नेहरुको निम्ति, साइत हौ तिमी ।

प्रबासीएका नारीहरुको निम्ति, माइत हौ तिमी ।।

पीडितको निम्ति, न्यायलय हौ तिमी ।

अनपढको निम्ति , बिस्वबिधालय हौ तिमी ।।

शोषकको लुटको स्वर्ग भत्काउने, बलियो हतियार हौ तिमी ।

शोषितको सुन्दर भबिष्य निर्माणको , पुर्बाधार हौ तिमी ।।

भारतबासी नेपालीको, अभिभाबक हौ तिमी ।

दुखी गरिबको निम्ति , कुशल सासक हौ तिमी ।।

आपत बिपतको, रक्षक हौ तिमी ।

चोरडाकाहरुको बिरुद्धमा, भक्ष्यक हौ तिमी ।।

अतिरिक्त नाफा खानेहरुको निम्ति , सर्बनास हौ तिमी ।

सामान्ती संकारको निम्ति , उपहास हौ तिमी ।।

समस्या समाधानको , अचुक योजना हौ तिमी ।

शोषितको जीबनमा स्वर्ग ल्याउने, अमुल्य खजना हौ तिमी ।

भ्रस्टाचारी बिरुद्धको, नारा हौ तिमी ।।

माफिया मास्ने, अभिभारा हौ,  नाताबादको निम्ति , बर्खिलाप हौ तिमी ।।

भेकियाबादको निम्ति , बिलाप हौ तिमी।।

जातियबादको, बिरोध हौ तिमी ।

घुसखोरीका बिरुद्धमा, निरोध हौ तिमी ।।

घर समाज र देश सञ्चालनको , सीप हौ तिमी।

अध्यारा बस्तिहरुको, दिप हौ तिमी।।

अगणित उतारचढावका बिरुद्धको, जीत हौ तिमी ।

शोषित पिडीतको पक्षपाती, गित हौ तिमी ।।

नोभेम्बर सात 1979 मा, बनारसमा जन्मेका तिमी।

तिमीलाई जन्मदिनको अगणित, सुभकामनाको साथमा अझै झाङ्ग्याउने, फुलाउने र फलाउने बाचा गर्दछौ हामी ।।

।समाप्त ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार