रोपडमा मूलप्रवाहको देउसीभैलो कार्यक्रम सम्पन्न।

रोपड: ६ नोवेम्वर २०२१ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितीले हिजो सनिवार भव्य समारोहमा २०७८ सालको देउसी भैलो सम्पन्न गरेको छ। मूलप्रवाह केन्द्रीय सदस्य एंव सुदुर पश्चीमोत्तर क्षेत्रिय अध्यक्ष प्रेम सापकोटाले गहकिला विचार राख्दै उदघाटन गर्नुभएको सो समारोहमा मूलप्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य शिबलाल लामिछाने, जनजाति क्षेत्रिय विभागका बिल वहादुर गुरुङ, महिला क्षेत्रीय विभाग कि अध्यक्ष सिता सापकोटा, सदस्य खगी थापा, लक्ष्मी गुरुङ, मन्जु थापा लगायत को आथित्यता रहेको थियो। कार्यक्रम छबिलाल सापकोटा को अध्यक्षतामा तथा मदन थापा को संचालनमा सम्पन्न भएको थियो भने स्वागत लाल बहादुर थापाले गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार