नई दिल्ली र ओखलाको सम्युक्त आयोजनामा मूल प्रवाहको 43 औं स्थापना दिवस

नई दिल्ली,मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको 43 औं स्थापना दिवस नई दिल्ली नगर समिति र ओखला नगर समितीको सम्युक्त आयोजनामा सम्पन्न भयो। कार्यक्रम तिलक खनालको अध्यक्षता, शालिकराम पौडेलको सञ्चालन, केन्द्रीय बैकल्पिक सदस्य शिव केसी, क्षेत्रीय कोषाध्यक्ष तिलक पाण्डे, रक्तिम सांस्कृतिक बिभागबाट पहल सिंह परियार, नई दिल्ली नगर समितिका स्थापक सदस्य तथा वर्तमान अध्यक्ष बिन बहादुर कुवर, एभरेष्ट चेम्बरका प्रमोद खरेल, र पाण्डे इन्टरप्राइजेजका गोपाल पाण्डे, राजमो लेखनाथ नगर पालिका कास्की सदस्य शोभा देवी भुजेल, स्थानीय समाजसेवी विष्णु पाण्डे, लाली गुराँस सांस्कृतिक परिवार सन्दीप भाट क्षेत्रीको अतिथि आशन गर्नुभएको थियो। ज्ञात अज्ञात सहिदहरु प्रति 1 मिनेटको मौनधारण गरि सम्मान गरे पश्चात कन्या गुरुङले मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।

अतिथि आशनबाट बोल्दै शिव केसीले संगठनको महत्व, भारतमा बस्ने नेपाली मजदुरहरूको समस्या र आउँदो पिढीलाई शिक्षित र सिपमुलक बनाउनुपर्छ भन्नेमा जोड दिनु भयो। साथै मञ्चमा आशिन अतिथिहरू बिन बहादुर केसी, पहल सिंह परियार शोभा देवी भुजेल र प्रमोद खरेलले पनि सम्बोधन गर्दै संगठनको महत्व र प्रदेशमा रहेका सम्पूर्ण मजदुर नेपालीको समस्याहरु समाधानको लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अभिभावकिय भएको बिचारहरू राख्नु भयो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार