हैदराबादमा मूल प्रवाहको 43 औं स्थापना दिबस तथा भैलो समापन कार्यक्रम सम्पन्न

रामप्रसाद पौडेल,

हैदराबाद,   मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा मूल प्रवाहको स्थापना दिबस तथा 2078 सालको जनबादी भैलो कार्यक्रम आयोजना गरि हैदरबादमा मनाइएको छ ।

देशमा रोजगारको बाताबरण सृजना नभएकोले बिदेश पस्न बाध्य परेका/पारिएका आम नेपालीहरुको बिचमा आइपरेका समस्याको समाधान गर्न र आफ्ना हक अधिकार हरुको सुनिश्चित गर्दै सामाजिक भावनाले सबैलाई ओतप्रोत गर्दै संगठन को झन्डामुनी गोल्बन्द गरि सचेत र जागरुक बनाउने उद्देश्यले गठन गरिएको आज 42 बर्ष पार गर्दै गर्दा यो संगठनले विभिन्न समयमा विभिन्न प्रकारका आरोह-अबरोहहरुको बिचबाट गुज्रनु पर्यो । आफ्नो महत्वकान्क्षा र अबसरबादी कोणबाट यो सङठनलाई बिगार्न, भत्काउन र सङठनको मर्म बिपरित केही मुट्ठीभर व्यक्तिहरुले दुस्साहस नगरेका होइनन्, तर हरेक प्रतिकुल परिस्थितिमा पनि सङठनको मुख्य उद्देश्यलाई बचाउन र अघि बढन कार्यकर्ताको समर्पण भाब र सङठनले अबलम्बन गरेको बाटो सहि भएको कारणले नै संगठनको बिस्तार भारत ब्यपी मात्र नभएर बिश्वब्यापी हुँदै गएको कुराको जिकिर गर्दै कार्यक्रमका प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले सम्बोधन गर्नुभएको थियो। अहिले मूल प्रवाहको नामबाट आफ्ना अराजक गतिविधि सन्चालन गर्दै आएका केही साथीहरूको गन्तव्य भनेको ” दाइको लाहुर भैरहवा सम्म” को सङ्ख्या दिनु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्य फुलबिना पौडेल, भिम बहादुर थापा, रतन सिङ्ह, झलक पुनले पनि अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो।

कार्यक्रम रामप्रसाद पौडेल को अध्यक्षता, तिलक रानाको सन्चालन, वीर सहिदहरुप्रती एक मिनेट को मौनधारण पश्चात् घन्श्याम शर्माले सब्दबाट र रक्तिम का क्षेत्रीय कलाकार हरुले सब्दबाट स्वागत गर्नु भएको थियो । भैलो कार्यक्रम को उद्घाटन केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले मैन बत्ती बालेर गर्नुभएको थियो । तत पश्चात् रक्तिम का कलाकार हरुले भैलो कार्यक्रम को प्रस्तुति गरेका थिए । भैलो कार्यक्रम को सहयोगार्थ रकम घन्श्याम शर्माले प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रम लाई सहयोग गर्नुहुने आम हैदराबाद स्तिथित दाजु भाइ तथा दिदिबहिनी हरुलाइ क्षेत्रीय समितिको तर्फबाट रामप्रसाद पौडेलले धन्यवाद मन्त्ब्य सहित कार्यक्रम ऐतिहासिक र भब्य रुपमा सम्पन्न पार्न सहयोग गर्नुहुने सबै सबैलाई हार्दिक आभार प्रकट गर्नु भएको थियो।

कार्यक्रमका केही झलकहरु:

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार