राजकमल दत्त
आगरा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति आगराले दिनांक ०७/११/२०२१ को भव्यताको साथमा संगठनको ४३औं स्थापना दिवस मनाएको छ। यस कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष श्री प्रताप पाण्डेले गर्नु भएको छ। विशेष उपस्थिति तथा कार्यक्रमको उद्घाटन केन्द्रीय पार्षद पश्चिमोत्तर क्षेत्रिय समिति तथा न.स.आगराका बर्तमान बरिष्ठ सदस्य ध्रूब शाहको रहेको छ। मुख्य उपस्थितिहरू भु.पू. अध्यक्ष पूरन चन्द सोनी र भु.पू.अध्यक्ष राम बहादुर के.सी.रहनु भएको छ। कार्यक्रमको उद्घाटन ध्रूब शाहद्वारा दीप प्रजोलित एवं उपस्थित सम्पूर्णलाई अवीर लगाएर गर्नु भएको छ। साथै संगठनको लागि ज्यानको आहुति दिने ज्ञात अज्ञात शहीदहरु प्रति एक मीनटको मौन धारण राखियो। कार्यक्रमको संचालन कार्य वाहक सचिव राजकमल दत्तले गर्नु भयो।
कार्यक्रममा संगठनको स्थापना ,महत्व ,संचालन र विस्तार सम्बन्धी विस्तृत बर्णन गर्दै आ-आफ्ना विचार राख्नु हुने वक्ताहरू ध्रूब शाह, पूरन चन्द सोनी, प्रताप पाण्डे, राम बहादुर के.सी., दीनानाथ थापा, मोहन बहादुर भण्डारी, ललित बहादुर, ईश्वरी सोनी आदि रहनु हुन्छ। शाह र सोनीले संगठनको स्थापनको विस्तृत इतिहास र महत्व सम्बंधी प्रकाश पार्दै ” मूल प्रवाह अखिल भारत नेपाली एकता समाज”को स्थापना ७ नोभेम्बर १९७९को गरिएको थियो। भारतमा रोजगारीका लागि आउने नेपालीहरुको लागि यस संगठनले अति महत्वपूर्ण भूमिका निभाउदै गरेको छ । विगत लामो समय देखि नेपालको राजनीतिक अस्थिरताको कारण देश अविकसितको खाडलमा बल्झिएर रहेको सर्वविदितै छ। भारदारी राणा कालीन सैन्य शासन प्रणाली, तानाशाही शाह वंशीय राजतन्त्र, निरंकुश पञ्चायती शासन प्रणाली, नेपाली कंग्रेसको कार्यकाल, “कम्युनिष्ट”देखि लिएर बर्तमानको सबै काल खण्डमा जनताले बेरोजगारी, भूकमरी, अशिक्षा, जातीय विभेद आदि पीडा झेल्न बाध्य हुनुपरेको छ। त्यसकारण नेपाली जनताहरूको निकतम छीमेकी देश भारत जसको भाषा, धर्म, संस्कृति , खानपान, लीपि आदि समानता हुनुको साथै भारतमा अंग्रेजको समयमा इस्ट इन्डिया कम्पनीद्वारा दुई देश बीचको सुगौली संधी देखि लिएर इण्डो नेपाल शान्ति तथा मैत्री संधी १९५० अन्तर्गत खूला सीमा प्रवेश जीविकोपार्जनको लागि दुबै देशका जनता आवागमन अति सरलताले राखिएको कारण नेपालका अधिकांश बेरोजगार जनसंख्या भारतमा आएर रोजगारी गर्न बाध्य भयो । यो क्रम कई बर्ष देखि निरन्तर चल्दै आएको छ । परिवारको पालन पोषणको लागि भारतमा आउन बाध्य भएका जन्ताहरुलाई भारतमा रोजगार सजिलो थिएन । यहाँ पनि यहाँका साहुहरुबाट अनावश्यक सताउने मारपीट गर्ने त्यति मात्र नभएर ज्यान तक गुमाएका असंख्यक घटनाहरू बढदै गएका थिए । यस्तै प्रकारका समस्याहरुको लागि आवाज उठाएर प्रवासी नेपालीहरुको जान माल र हकको लागि आवाज उठाउने उद्देश्य लिएर स्थापना गरिएको थियो । यो संगठन आज भारतको समस्त जिल्लाहरूमा सुचारू रुपमा संचालित हुदै आएको छ । पीडितहरूलाई न्याय दिलाउने, असाहयहरूलाई गास, वास, कपास , उपचार, गाडी भाडा र कोभिडको समयमा घर दैलोमा पुगेर राहत बितरण गर्दै आएको छ । यस समयमा भारत बर्षमा प्रवासी नेपालीहरूको एक मात्र विश्वासनिय र हितैषी संगठन हो भन्नु भएको छ।
यस अवसरमा नगर समिति, विभिन्न एरिया समितिका सदस्यहरू लगाएत शहरका विभिन्न क्षेत्रका जनसमुदायको उपस्थिति अति सहरानीय रहेको छ।















