पुणेमा प्रशिक्षण कार्यक्रम सहित नगर भेला सम्पन्न

केशव गाहा/ पुणे, ९ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम क्षेत्रीय समिति अन्तर्गत पर्ने पुणे नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समाजका केन्द्रीय सचिव प्रेम पौडेलले प्रवासी नेपालीहरुको समस्या, संगठनको महत्व र आबस्यकताका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रम पछि शेर बहादुर पुलामीको अध्यक्षतामा र खिमराज राउतको सञ्चालनमा नगर भेला सम्पन्न भएको छ । भेलामा केन्द्रीय सचिव प्रेम पौडेलको बिशेष अतिथ्यमा र क्षेत्रीय प्रतिनिधि केशव गाहाको आतित्थ्यता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई भिमबहादुर घर्तीले मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो ।

पुणेमा छरिएर रहनु भएका नेपालीहरुको बिच सभ्पन्न भेलाले शेरबहादुर पुलामीको अध्यक्षतामा ११ पूर्ण, ४ बैकल्पिक र ४ सल्लाहकार गरी १९ सदस्यीय नगर समिति पुनर्गठन गरिएको छ । जसमा : उपाध्यक्ष– भिमबहादुर घर्ती, सचिव– खिमराज राउत, सहसचिव– खिमलाल भण्डारी र कोषाध्यक्ष– भोजराज कुँवर रहनुभएको छ । त्यस्तै सदस्यहरुमा क्रमशः गिर बहादुर राहाडी, नेक बहादुर गाहा, धनसिंह राहाडी, मान सिंह बुढाथोकी, सुरेश केसी, धन बहादुर बिक, बैकल्पिक सदस्यहरुमा लेखत राहाडी, घमान सिंह कुँवर, युवराज कुँवर र राम बाजी रहनुभएको छ । त्यस्तै भेलाले तेज बिक्रम कार्की, रामचन्द्र केसी, कृष्णा प्रसाद अधिकारी र देबिराम सिंजापतीलाई सल्लाहकार चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार