तीन वटा प्रदेशमा प्रदेश प्रमुख हटाइए

काठमाडौं । सरकारले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख सिफरिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन वटा प्रदेशमा प्रदेश प्रमुख फेरबदल गरेको हो ।

प्रदेश १ मा सोमनाथ अधिकारी प्यासीलाई हटाएर पर्शुराम खापुङलाई प्रदेश प्रमुख बनाइएको छ । सो प्रदेशमा जनता समाजवादी पार्टीका नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका हुन् ।

यस्तै, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनीलाई हटाएर तिलक परियारलाई प्रदेश प्रमुख बनाइएको छ । कर्णालीको प्रदेश प्रमुखमा सिफारिस भएका तिलक परियार यसअघि प्रदेश २ को प्रमुख थिए । माओवादी केन्द्र निकट उनलाई यसअघि केपी ओली सरकारले बर्खास्त गरेको थियो ।

यसैगरी, सुदूरपश्चिम प्रदेशमा गङ्गाप्रसाद यादव हटाएर देवराज जोसीलाई नियुक्त गरिएको छ । जोशी नेपाली कांग्रेसका नेता तथा पूर्वसभासद हुन् ।

यसअघि केपी ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई वर्तमान गठबन्धन सरकारले हटाएर आफू निकटलाई प्रदेश प्रमुख बनाएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार