निलगिरी, मुल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिको आयोजनामा 7 नोवेम्बर 2021का दिन 43औ स्थापना दिवस एवं 2021सालको प्रगतिशील भैलो समापन कार्यक्रम सम्पन्न भएको छ ।
बल बहादुर बिकको अध्यक्षता र मिना हमालको उद्घोषणमा अगाडि बढेको कार्यक्रममा ज्ञात- अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण गरि सम्मान प्रकट गरिए पछि आयोजक समितिका टेक बहादुर बिकको मन्तव्य र निलगिरी रक्तिम सांस्कृतिक बिभागका कलाकारद्वारा स्वागत गितले स्वागत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि दक्षिण भारत क्षेत्रीय सदस्य बिरे थापाले एकता समाज स्थापना कालदेखि हालसम्म संगठनले गरेका कामहरु एवं खेलेको भुमिकाबारे संक्षिप्तमा प्रस्ट्याउनु भएको थियो । नगर समितिका लाल बा थापा मगर, विद्यार्थी बिभागबाट कस्तुरी थापा, खेलकुद विभागबाट मधु खनाल, उटी एरिया समितिबाट लोकेन्द्र बिक, महिला विभागबाट सीता नेपाली र रुपा थापाले पनि सम्बोधन गर्नु भएको थियो । कलाकारहरुबाट रोचक सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो
















