पुदुचेरीमा मूल प्रवाहको जनवादी भैलो भब्यरुपमा सम्पन्न

पुदुचेरी, (पान्डिचेरि) दक्षिण भारत, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुदुचेरी नगर समितीको आयोजनामा 04 -11 -2021 का दिन २०७८ सालको जनवादी भैलो भब्यरुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा केन्द्रिय सदस्य बालकृष्ण गायकको विशेष आतिथ्यता रहेको थियो र अन्य अथितीमा  केन्द्रिय प्रतिनिधि चन्द्रकान्त शर्मा, महिला क्षेत्रीय बिभागबाट बिष्णु शर्मा, महिला नगर बिभागबाट सबिता बिके, जनजाति नगर बिभागबाट सोमबहादुर चौधरी, समता नगर बिभागबाट सुर्य गायकको आशनग्रहण पश्चात् ज्ञात-अज्ञात शहिदहरु एक मिनेट मौनधारण गरिएको थियोे ।

कार्यक्रममा कलाकारहरुबाट स्वागत गित प्रस्तुत र नगर स्दस्य जमुना शर्मा स्वागत मन्तब्य दिनु भएको थियो । बिधिबत रुपमा भैलो उद्घाटन केन्द्रिय सदस्य बालाकृष्ण गायक गर्नु भयो । वहाँले भारतमा नेपालिको अवस्था, नेपालको राजनैतिक परिस्थिति र समाधानको बारेमा स्पष्ट पार्नु भयो । कार्यक्रम सफलताको शुभकामना दिनेमा चन्द्रकान्त शर्मा, बिष्णु शर्मा, सोम बहादुर चौधरी , सबिता बि के , सुर्य गायक हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्ष गंगाराम शर्मा र संचालन बिनोद गायकको गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार