रुपन्देहीका सोमबहादुर मगरलाई खोजी गरौं ।

भिवाडी, सितल नगर 6 देवदह रुपन्देही निवासी सोमबहादुर मगर बिगत चार वर्ष देखि हराउनु भएको छ । वहाँको खोजी कार्यको लागि दाजु इन्द्रबहादुर मगरले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई अनुरोध गर्नु भएको छ ।

जिल्ला रुपन्देही बुटवलको नजिक सितलनगर नगरपालीका -६ देवदह निवासी इन्द्र बहादुर झेडी मगरको भाई वर्ष ६४ को सोमबहादुर मगर आफ्नै घरबाट गत ४ वर्ष देखि हराईरहनु भएको र हाल सम्म उहाँ घर परिवार र आफन्तहरुको सम्पर्कमा आउनु भएको छैन। नेपाल आर्मीको भु. पू. सैनिक रहनु भएका सोमबहादुर मगरको देब्रो गालामा सानो कोठी छ । वहाँलाई कुनै महानुभावहरुले फेला पार्नु भएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अथवा भिवाडी नगर समितीमा खबर गरिदिनु होला। किशोर राई:- 9950347496 कृष्टी राई:- 850386497 मिना राना:- 7688984234 इन्द्रबहादुर झेडी मगर: 00977-9817504811(नेपाल)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार