धर्मराज शर्मा
कोचिन, (केरला) मूल प्रवाह अखिल भारत नेपाली एकता समज कोचिन नगन समितिको आयोजनामा ४३ औं स्थापना दिबस तथा २०७८ सालको प्रगतिशिल देउसी भैलो कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । त्यसै कार्यक्रममा १९नोबेम्बर २०१६ का दिन दुर्घटनाका पिडीत परिवारलाई दिलाएको आर्थिक क्षतिपुर्ती स्वरूप प्राप्त रकम हस्तन्तरण गरिएको छ।
नगर समितिका उपाध्यक्ष बाबुराम केसीको अध्यक्षता र जनक बिसीको संचालनमा अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथी दक्षिण भारत क्षेत्रीय समितिका रिखेन्द्र बिसी क्षेत्रीय महिला बिभाग कि जानकि देबि बिसी, जनजाति बिभागका जगत बहादुर सारुको अतिथि आसन पछि ज्ञात-अज्ञात सहिदहरु प्रति एक मिनट मौनधारण गरि सम्मन प्रकट गरियो । उपस्थित जनसमुदायहरुलाई नगर समितिका गणेश शर्मा पौडेलले गहकिला शब्दबाट र रक्तिम सांस्कृतिक विभाग कोचिनका कलाकारहरूले गितद्वारा स्वागत गर्नु भयको थियो।
कार्यक्रमको उद्धघाटन मुल प्रवाह दक्षिण भारत क्षेत्रीय समितिका रिखेन्द्र बिसीले दिप प्रज्वलित गरि गर्नु भयो । प्रमुख अतिथी रिखेन्द्र बिसीले आफ्नो उद्धघाटन मन्तब्यमा देउसी भैलोको महत्वबारे पनि प्रष्टाउनु भयो । साथै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमयी ईतिहास माथी प्रकास पादै भन्नु भयो । अवसरवादी तत्वहरूले मुल प्रवाहको छविलाई धमिल्याउन कैयौ पटक असफल प्रयास गरे तर सचेत र निष्ठावान कार्यकताहरूलाई त्यसलाई असफल बनाउदै आएका छन् । अहिले फेरी केही स्वच्छाचारी, अराजक फुटप्रष्त तत्वहरुले भ्रम श्रृजना गरि मूल प्रवाहको क्षवि खराब गर्ने कोशिस गरिरहेका छन्, त्यो पनि सफल हुनवाला छैन । संगठनको निती विपरित गतिविधी गरेर आफ्नो छवि चम्काउन खोजेकाहरू आफै लोप भएरको ईतिहास हाम्रो सामु छ, बताउदै अगाडि भन्नू भयो बर्तमानमा पनि बिगतमा जस्तै सिधा साधा जनताहरुलाई झुटको खोल ओडायर भ्रम छर्दै हिडेका छन् र कयौं स्थानहरुमा समानन्तर समिति पनि गठन गरेका छन। झुटको खेति गरि श्रमजिवि बर्गहरुलाई भ्रम पार्ने फुट प्रस्त तत्वहरुदेखि साबधान रहदै गौरबमय ईतिहास बोकेको मूल प्रवाहको झन्डालाई अझ उचाईमा पुÚयाउन आग्रह गर्नु भयो ।
कार्यक्रमा मन्तब्य दिनेहरुमा जगत बहादुर सारु, जानकी देबि बिसी, चन्द्रकला बिसी भक्तराम श्रेष्ठ, भबिलाल बिक, याम प्रसाद थापा, कलक धामी, मेघराज बिसी लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतीक विभागका कलाकारहरूले प्रगतिशिल देउसी भैलोका साथै जनवादी गित नृत्यहरु प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रमको मंचबाट कार्यक्रमका अध्यक्ष बाबुराम केसीले १९नोबेम्बर २०१६ का दिन सडक दुर्घटना भई निधन भएका स्वर्गद्वरी न पा 2 खाल प्युठान निवासी घनश्याम पुन र गमन बहादुर घर्तीमगरका परिवारहरूलाई संगठनले दिलाएको क्षतिपुर्तीको रकम हस्तारण गरिएको थियो । घनश्याम पुन श्रीमती अमृता पुनलाई ३२,३२,४६८/- (बत्तिस लाख बत्तिस हजार चार सय अठसठ्ठि ) भारू र गमन बहादुर घर्तीमगरकी श्रीमती तृसना घर्तीमगरलाई रू. २,९६,८९२२/- (उनन्तीस लाख अठसठ्ठि हजार नौ सय बाईस) भारू हस्तान्तरण गर्नुभएको छ। ज्ञात रहोस सोही दुर्घटनामा मृत्यु हुने दुई जना अन्यका परिवारलाई पहिले नै मूल प्रवाहद्वारा क्षतिपूर्ती हस्तान्तरण भएको समाचार सार्वजिक भई सकेको छ ।
















