खिमराज चालिसे, चण्डिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दिपावलीका अवसरमा भारतका विभिन्न सहरहरुमा देउसी भैलो खेलेको छ । रोजगारीका सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपाली समुदायका बीचमा देउसी भैलो खेली रमाइलो गर्नुका साथै शुभकामना आदान प्रदान गरेका छन् ।
मूल प्रवाहको ब्यानरमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले भारतमा समेत जनवादी देउसी भैलो तथा प्रगतिशील गीत संगीत प्रस्तुत गरिरहेका छन् ।
नयाँ दिल्ली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली नगर समितिले नगरका विभिन्न स्थानमा नेपाली समुदायबीच देउसी भैलोको कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा समाजका महासचिव ठाकुर खनाल सहभागी हुनुभएको थियो ।
यस्तै, केन्द्रीय सदस्य तथा क्षेत्रीय सहसचिव शिव केसी, क्षेत्रीय सल्लाहकार तथा सांस्कृतिक विभाग सदस्य पहल सिंह परियार, नगर सहसचिव शालिक राम पौडेल, कलाकार सोम बहादुर बन्जाडे, कविता परियार, कपिल परियार, इशा केसी, निर्मला पुन, मेहक खड्का लगायतको सहभागी रहेको छ ।
जालन्धर

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर को आयोजनामा जनवादी भैलो सम्पन्न भएको छ । मूल प्रवाह नगर समिति जालन्धर स्थित सम्पूर्ण विभाग सहित भैलो टोली बनाइ घर दैलो कार्यक्रम गरिएको छ ।
जालन्धरमा दुई टिम बनाएर देउसी भैलो सञ्चालन गरिएको छ । जसमा टिम ‘ए’ मा अमित सुनार इन्चार्ज र चन्द्र बस्याल सह इन्चार्ज रहनुभएको छ । सो समूहको भैलो कार्यक्रमको सुरुवात सन्तोषपुरामा नगर सदस्य देव सिंह गुरुङले गर्नुभयो ।
यस्तै, धन बहादुर गोर्खाली इन्चार्ज र दिल बहादुर गाहा सह–इन्चार्ज रहनुभएको टिम ‘बी’ को कार्यक्रम समाजका केन्द्रीय सदस्य कुलबहादुर बगालेले महिला विभाग नगर सदस्य लक्ष्मी थापाको घरबाट शुभारम्भ गर्नुभएको थियो ।
दिल बहादुर गाहाको सञ्चालन, हिम प्रसाद सुनामको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महिला विभागकी शुष्मा खड्का, मूल प्रवाहका नेताहरु राम बहादुर रसाइली, राजेन्द्र थापा, लक्ष्मी थापाको अथित्यता रहेको थियो । स्वागत धन बहादुर गोर्खालीले गर्नुभएको थियो ।
चण्डिगढ

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगरसमितिले दुई अलग–अलग स्थानबाट देउसी भैलो खेलिरहेको छ ।
चंडिगढ नगरसमिती अन्तर्गत टिम ‘ए को उदघाटन केन्द्रीय सल्लाहकार तिलक पौडयालले पंचकुला एरियामा गर्नुभएको थियो भने टिम ‘बी’ को उद्घाटन केन्द्रीय सदस्य दिनेश खडकाले
हिसार
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितीले पनि नगरमा देउसी भैलो कार्यक्रम सञ्चालन गरिरहेको छ ।
शुक्रबार केन्द्रीय सल्लाहकार तारा सोमारेले उदघाटन गर्नु भएको समारोहमा क्षेत्रीय सदस्य आत्मराम न्यौपाने, महिला क्षेत्रीय विभागकी सेती राना, महिला नगर संयोजक निरु सारु, समता विभागका श्याम बहादुर विक, जनजाति विभागका छत्र बहादुर सारु, रक्तिम विभागका दिपा लम्तरी, विदार्थी संघवाट रक्षा सोमरे, सिटि एरिया ‘ए’ का ओम प्रकाश तिवारी, सिटि एरिया ‘बी’ का केहर सिंह घर्ती मगर इन्ड्रष्ट्रियल एरियावाट लाल बहादुर चुदाली लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम योगेन्द्र दर्लामीको सञ्चालन तथा नगर अध्यक्ष नन्द बहादुर लम्तरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत नगर उपाध्यक्ष बाबुराम पोख्रेलले गर्नुभएको थियो ।
ओखला

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती ओखला नगर समितिको आयोजनामा प्रगतिशील भैलो कार्यक्रम सञ्चालन गरिएको छ । ४ नोवेम्बर २०२१ दिन नगर अध्यक्ष प्रबिन गुरुङको अध्यक्षता, कन्या गुरुङको सञ्चालनमा भएको कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष तिलक पाण्डेले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा नगर समितिका सदस्यहरु एवं कलाकारहरुको सहभागिता रहेको छ ।

पश्चिमोत्तर
पश्चिमोत्तर क्षेत्रमा नयाँ दिल्लीसहित गुरुग्राम, फरिदाबाद, आगरा, रोहतक, भिवानी र सोनीपत लगायतका क्षेत्रमा देउसी भैलोको कार्यक्रम सञ्चालन भइरहेको छ ।
सुदूरपश्चिमोत्तर
त्यसैगरि सुदूरपश्चिमोत्तर क्षेत्रको चंडिगढसहित, श्रीगंगानगर, जालन्धर, हिसार र लुधियाना, रोपड लगायतका क्षेत्रमा प्रगतिशील देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको छ ।
















