मूल प्रवाहले नेपालीहरूका समस्याबारे दुतावासमा ध्यानकार्षण गरायो ।

नयाँ दिल्ली पुर्वोत्तर राज्य मेघालयको राज्यको राजधानी देखि 60- 65 किलो मिटर टाढा रहेको ज्वाई बजारमा 15 नोवेम्बर 2021का दिन खासी स्टुडेन्ट युनियन (KSU)ले नेपाली श्रमिकहरूमाथी गरेको अमानविय घटनाको बारेमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्ली स्थित राजदुतावासको ध्यानाकर्षण गराउदै आगामी दिनमा त्यसप्रकारका घटनाहरूको पुनरावृती रोक्न आवश्यक पहल गर्नु पर्ने माग राखेको छ । संगठनका महासचिव ठाकुर खनाल र उपाध्यक्ष कपिल खनाल रहेको दुई सदस्यीय प्रतिनिधी मण्डलले दुतावासमा का.वा. राजदुत श्री राम प्रसाद सुवेदीलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको छ । सो भेटघाटमा पुर्वोत्तर क्षेत्रका समस्याका साथै हिमाचल-चण्डीगढ यात्रामा लुटपाटका घटना, नेपाल जाने क्रममा सिमा नाकामा भारतिय सुरक्षा कर्मीले चेकजाँचको नाममा जेब तलासी गरि 10-20 हजार भारतिय रूपैयालाई पनि लैजान रोकटोक गर्ने तथा त्यसको बहानामा सिधा साधालाई परेसान गरेका घटनाहरूलाई लगायत अन्य समस्यामा समेत छलफल भएको थियो ।

का.वा. राजदुत सुवेदीले लामो समय देखी रहेको नेपाल भारत सम्बन्धकै आधारमा बिना रोकटोक परिश्रम गरेर जिवीकापार्जन गर्न पाउनु सामान्य कुरा हो । यसलाई कुटनैतिक पहल गरि नेपालीहरूको जिउ, धनको सुरक्षा, कामको सुरक्षा सुनिश्चित गर्न आफु कटीबद्ध रहेको बताउदै यस प्रकारका घटना हाम्रो समक्ष ल्याइ सहयोग गरेको र नेपालीसंगठनले दुतावासको सहयोगी पाखुरीको रूपमा काम गर्ने गरेको बताउनु भयो ।

प्रस्तुत छ ध्यानाकर्षण पत्रको पूर्णपाठ ।

महामहिम राजदुत ज्यू
नेपाली राजदूतावास
नयाँ दिल्ली, भारत

विषय: ध्यानाकर्षण पत्र ।

महमहिम ज्यू,
उपरोक्त सन्दर्भमा १९५० को नेपाल भारत शान्ती तथा मैत्री सन्धिको प्रावधान अनुसार नेपालका नागरिकहरू भारतमा रोजगारको लागि नोकरी, व्यापार लगायत विभिन्न प्रकारका पेशा गर्न पाउने यहाँसम्म की सम्पत्ती खरिद गर्न पाउने प्रवधान छ । तर व्यवहारमा त्यो लागु भएको हुँदैन । कहिले काहीं सामान्य मुजदुरी गरेर जिविकोपार्जन गर्ने समेत निषेध गरिएको हुन्छ । त्यसप्रकारका घटनामा स्थानिय प्रशासनको मिलीभगत या मौन स्वीकृती जस्तो देखिन्छ । त्यसप्रकारका घटनाहरूबारे समय–समयमा हामी नेपाल सरकारका साथै विभिन्न सरोकारवाला निकायलाई अवगत गराउँदै आएका छौं । त्यसै क्रममा दिनांक १५ नोवेम्बर २०२१, तदनुसार २०७८ कार्तिक २९ गते पुर्वोत्तर भारतको मेघालय राज्यको ज्वाईमा घटेको घटनाप्रति महामहिमको ध्यानाकषर्ण गराउन चाहन्छौं ।

उपर्युक्त दिन पुर्वोत्तरमा मेघालय राज्यको ज्वाई बजारमा कुल्ली काम गर्दै आएका नेपाली श्रमीकहरूलाई खासी स्टुडेण्ट युनियन (प्क्ग्) ले जबरजस्ती गरि मेघालयको सिमाबाट बाहिर निस्काशन गर्ने काम गरे । त्यो अत्यन्त निन्दनीय र अमानवीय कार्य हो । उनीहरूलाई मात्र एक घण्टाको अलटीमेट दिएको थियो । एक घण्टे अल्टीमेटमको चेतावनी गैरकानुनी भएको भनि संगठनका क्षेत्रीय सदस्य मधु शर्माले स्थानीय प्रहरी प्रशासनलाई सुचित गरि रोक्न माग गर्दा प्रशासनले सहयोग नगरि उल्टै नेपालीहरूलाई अनाधिकृत रूपमा काम गरेको भनि खासी स्टुडेण्ट युनियन (प्क्ग्) लाई सहयोग गरेको थियो । प्रशासनको उक्त क्रियाकलापले सो घटना प्रशासनकै मिलिभगतमा भएको कुरा छर्लङग हुन्छ । सो घटनामा बाग्लुङ जिल्लाका तोयनाथ कडेल (गोपाल), तोयनाथ केडेल (कृष्ण), चुरामणी कडेल, उमेश परियार, हरि खत्री क्षेत्री, लेखनाथ शर्मा, ललित दमै, गुल्मी जिल्लाका धन बहादुर घर्ती, झगर घर्ती, कपिलबस्तु जिल्लाका दिल बहादुर पौडेल लगायत १८-२० जना नेपाली श्रमिकहरू अनेकन दुःख कस्ट झेल्दै नेपाल पुगेका छन् । आफ्नो परिश्रम बेचेर जिबीका उपार्जन गर्न नपाउनु अमानवीय तथा १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको घोर उल्लंघन हो ।

अतः हामी नेपाली राजदुतावास मार्फत नेपाल सरकार समक्ष यस प्रकारका घटनाहरूको पुनरावृती रोक्न आवश्यक पहलको माग गर्दछौं ।
धन्यवाद ।

प्रतिनिधि मण्डाल
ठाकुर खनाल, महासचिव, केन्द्रीय समिति
कपिल खनाल, उपाध्यक्ष, केन्द्रीय समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार