नयाँ दिल्ली, २६ नोभेम्बर । तात्कालिन अखिल भारत नेपाली एकता समाजका संस्थापक उपभापति रामचन्द्र पौडेलको दुःखद निधन भएको छ । पौडेलको निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तर्फदेखि केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले एक वक्तव्य जारि गरि शोक तथा समवेदना प्रकट गर्नुभएको छ । वक्तव्यमा लेखिए अनुसार पौडेल एकता समाजको संस्थापक उपसभापति, प्रथम अखिल भारत सम्मेलनबाट पुनः उपसभपति र तेश्रो अखिल भारत सम्मेलनबाट महासचिव चयन हुनुभएको थियो ।
वक्तव्यमा लेखिएको छ :
“तात्कालिन अखिल भारत नेपाली एकता समाजका संस्थापक उपसभापति तथा तेश्रो अखिल भारत सम्मेलनबाट चयन महासचिव रामचन्द्र पौडेलको आज २०७८ मंसिर १० गते तदानुसार २६ नोभेम्बर २०२१ का दिन दुःख निधन भएको समाचारप्रति हामी अत्यन्तै मर्माहित छौं । वहाँ लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । वहाँलाई उपचारका लागि दिल्ली ल्याउने तयारी चलिरहेको थियो । तर वहाँको आज विहान ४ बजे काठमाडौंमा निधन भएको छ । पौडेल बाग्लुंग बरंग गाउँपालिका १ सिमलपाटाबाट बसाई सराई गरि, चितवनको कालिका नगरपालिका ५ पदमपुरमा सपरिवार सहित रहँदै आउनु भएको थियो । वहाँका दुई छोराहरु र एक छोरीहरु छन् । पछिल्लो समयमा वहाँ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । मृतक पौडेलप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।”















