नेपाली एकता समाजले रक्तदान शिविर लगायो ।

मिथुन सिंह
रिकांङ्गपियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत रिकांङ्गपियो नगर समितिको आयोजना 26 नोवेम्बर 2021 का दिन रक्तदान शिविर सम्पन्न भएको छ । किन्नौर जिल्लाको सदरमुकाम रेकोङपियो स्थित क्षेत्रीय अस्पतालमा सम्पन्न रक्तदान कार्यक्रममा पूर्व अस्पताल सीएमओ डा. सोनम नेगी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका हिमाचल राज्य समिति सहसचिव मिथुन सिंह, नगर समितिका गोपाल शाही, तारा चन्द्र, ओमप्रकाश, राम, रतन, युवराज, पदम, ऋतु, राजेन्द्र र नरेन्द्र आदी उपस्थिति थियो।

डा. सोनम नेगीले दीप प्रज्वलन गरेर शिविरको सुरुवात गर्नु भयो । सीएमओले रक्तदान गर्नेहरूलाई धन्यवाद दिनुका साथै अस्पताल रक्तकोषको क्षमता थोरै भएको हुदा सबैबाट एकैपटक रक्तदान गराउन नसकिने र एकता समाजले बिगत देखि नै पटक पटक रक्तदान कार्यक्रम आयोजना गरेर सहयोग गरेको स्मरण गराउदै आगामी दिनमा पनि त्यसलाई निरंतरता दिनेमा आफु विस्वस्त भएको भन्नु भयो । वहाँले अगाडी भन्नु भयो रक्तदानले कुनै व्यक्तीलाईको जिवन बचाउन सकिने भएको हुदा आफैमा महान दान हो, अझ नेपाली एकता समाजले आयोजना गरेर दुई देशका जनताको मित्रतालाई बढाउन थप मदत पुराउने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार