काका र फुचुंग्री (भाग १६)

फुचुंग्री :– अब त ठण्डी मौसम आयो हैं काका, नयाँ ज्याकेट लगाएको फोटो अपलोड गर्नु भईन र फेसबुकमा ?

काका :– किन्ने पैसा छैन, पोहोरको फोटो अपलोड गरेर काम चलाउनु पर्ला नानी, हैन यस्तो अप्ठयारो प्रश्न किन नानी ?

फुचुंग्री :– काका ! तपाईंको बौद्धिक क्षमता, प्रस्तुति शैली, तार्किक कलामा जादू छ, देश बिदेशको ज्ञानको भण्डार छ, सधैं तपाईंको जीवन सादगी देख्छु, सफा देख्छु, विरोधीलाई पनि हाँसी हाँसी जलाउँने कला छ । यो ठण्डी मौसममा न्यानो कपडा किन्ने पैसा छैन हजुरसँग । दुःखी जनताको जिन्दगी कति दयनिय छ हैं काका ?

काका :– नानी ! यही त हो नि वर्गिय मायाले हेर्दा देखिने नजर। एउटा सचेत र जागरुक नागरिकमा राम्रो नराम्रो केलाउने क्षमता हुन्छ । प्रस्तुतिको शैली फरक फरक हुन सक्छ । धन बल बैँसको घमण्ड गर्नेहरू मान्छे नै होइनन् । यो धर्तीमा जन्मेको एक दिन मर्न कै लागि हो । किन घमण्ड गर्ने, बहुसंख्यक जनताको हितमा आमूल परिवर्तन र जनवादी क्रान्तिको लागि सक्दो योगदान दिने हो । बाटो बिराएका साथीहरूलाई अनुरोध गर्ने हो । त्यसैमा रमाउने बानी बसिसकेको छ मेरो त । मैंले मिठो खान पाइन राम्रो लगाउन पाइन भन्ने कुनै गुनासो छैन जीवनमा ।

फुचुंग्री :– जनगणना हुँदैछ भन्ने सुनेको छु के हो काका ?

काका :– त्यो त देशको नियमित क्रियाकलाप हो । लिपुलेक कालापानी क्षेत्रमा जनगणना हुन्छ कि हुँदैन हेर्न बाँकी छ ।

फुचुंग्री :– आगामी चुनावसम्म पाँच दलिय गठबन्धन कायम गर्ने राजमोको अभिव्यक्तिलाई जागरणका मान्छेहरूले कांग्रेससँगको के के भनेर विरोध गरेका छन् नि ?

काका : – यतिबेला प्रतिगमनकारी शक्तिले हारेको अवस्था हो । त्यो सफलताको लागि पाँच दलिय गठबन्धन मोर्चाको अहम भूमिका छ । पाँच दलिय गठबन्धन मोर्चामा कांग्रेस मात्रै छैन । आउँदो चुनावमा एकला एकलै लड्दा प्रतिगमनकारी शक्ति हावी हुने खतरा छ । यसर्थः राजमो आगामी चुनावसम्म पाँच दलिय गठबन्धन मोर्चामा आवद्ध हुन चाहन्छ । कुरो स्पष्ट छ । हामी स्पष्ट छौं ।

फुचुंग्री :– जागरण क्लबका मान्छेहरूको नियतमा खोट छ र काका ? यति राम्रो स्पष्ट कुराको पनि विरोध किन गरिरहेका छन् ?

काका :– तिनीहरूको कामै विरोध गर्ने हो । विरोधमा कुनै दम छैन । कांग्रेस नीतिगत रुपमा वर्ग दुश्मन हो । विशेष परिस्थितिमा वर्ग दुश्मनसँग पनि संघर्ष एकता संघर्षको नीति अनुसार कार्यगत एकता तालमेल संयुक्त मोर्चा गठबंधन हुनसक्छ भन्ने आम सचेत संगठित जागरुक जनतालाई थाहा छ । तिनीहरूको भ्रमको खेती सक्कियो अब । विरोध गर्ने के बहाना मिल्छ

भन्दै ढुकेर बसेका छन्।
फुचुंग्री :– यति चाडै यसरी नांगिएलान् भन्ने मैंले सोंचेको थिएन, आगामी चुनाव बहिष्कार भन्छन की कसो हो ?

काका :– पहिला कुरा त सकेको जति गरिसके, पार्टीको नाम नेकपा (क्रान्तिकारी मसाल) राख्ने विषयमा विवादले सबै योजना धरासायी भएको भन्दैछन् । जे गरे पनि उनीहरूको नियत मसाल सिध्याउने नै हो । उनीहरूले बहिस्कार गरेर वा समानान्तर उम्मेदवारी उठाएर राजमो हराउने प्रयत्न गर्नेछन् ।

फुचुंग्री :– क्रान्तिकारी हौं भन्छन् मसाल र मोहनविक्रमको विरोध मात्रै गर्छन्, क्रान्तिकारी पार्टी बनाउन पर्दैन र ?

काका :– उफ ! के के सोध्छे यो फुचुंग्री पनि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार