पुस ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी पेश नहुने

काठमाडौं । प्रतिनिधि सभाको मंगलबार (पुस ६ गते) बस्ने बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन पेश नहुने भएको छ । संसद सचिवालयले आज (सोमबार) प्रकाशित गरेको सूचनामा एमसीसीबारे उल्लेख छैन ।

संसदको मंगलबार बस्ने बैठकको सम्भावित कार्यसूचीमा सरकारका तर्फबाट दुईवटा अध्यादेश प्रस्तुत गरिने उल्लेख छ । यद्यपी संसदका नियमित कार्यसूचीबारे भने मंगलबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निश्चित गर्ने छ ।

संसद सचिवालयका अनुसार बैठकमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यायदेश २०७८’ र ‘फैजदारी कसुर तथा फौजदारी कार्यविधी सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, सांसद प्रेम सुवालले उक्त दुवै अध्यादेश ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।
पुस ६ गते बस्ने बैठकमा एमसीसी पेश हुने चर्चा भए पनि सम्भावित कार्यसूचीमा भने परेको छैन । सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठक र सर्वदलीय बैठकमा एमसीसी संसदमा पेश गर्नेबारे सहमति हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार