
सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर समितिका जेहन्दार कर्मठ नगर कार्यकर्ता नगर सदस्य फणीन्द्र पूरीलाई विदाई कार्यक्रम गरेर स्वदेशमा राष्ट्रिय जन्मोर्चा नजिक रहेर काम गर्न शुभ कामना बधाई दिँदै नगर अध्यक्ष सबिना कुँवरको अध्यक्षता र नबिन गिरीको सञ्चालन, प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय पार्षद बिन बहादुर रेग्मी, पश्चिम भारत क्षेत्रीय उपसचिव हरि कुमार गिरी र नगर सल्लाहकार करन केसीले आसन ग्रहण गर्नुभएको थियो ।
ज्ञात अज्ञात वीर सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पछि उपस्थित सबैलाई नगर कोषाध्यक्ष सुन्दर अर्यालले स्वागत गर्नु भएको थियो । स्थापना कालदेखि नै एकता समाजको नजिक रहेर आर्थिक, नैतिक, भौतिक रूपमा सहयोग गरेको स्मरण गराउँदै नगर समितिका होनाहार सदस्य फणीन्द्र पुरी नेपालमा पुगेर पनि विचार र सिद्धान्तको नजिक रहनु हुनेछ । राष्ट्रिय जन्मोर्चामा क्रियाशील रहँदै देश र जनताका लागि समर्पित हुनु हुनेछ भन्ने आशा गरिएको छ भन्दै शुभ कामना बधाई दिँदै अबिर माल्यार्पण गरिएको थियो । एकता समाजमा लागेका हरेक कार्यकर्ता कलाकार सबैले समाजको विकास र विस्तारका लागि मनैदेखि काम गर्दै आउँनु भएको छ । यहाँ कसैको कुनै लोभ मोह स्वार्थ छैन ।
यहाँ कुनै कलाकार खेलाडी कार्यकर्तालाई सम्मानको लालच छैन । किनकी हामी यहाँ नेपाली समाजको हितमा सबै एक मन एकता कायम गर्ने उद्देश्य बोकेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा क्रियाशील रहँदै आएका छौं । वरिष्ठ सदस्य फणीन्द्र पूरीको सम्मानमा हामीले धेरै केही गर्न नसके पनि हाम्रो क्षमताले भ्याएसम्म छोटो समयमा छिटो तयारीमा अबिर माल्यार्पण शब्द उपहार दिन मात्रै सकियोस् ।















