वापी पूर्वमा महिला नगर भेला सम्पन्न

वापी पूर्व, २२ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्धारा सञ्चालित वापी पूर्व नगर समिति अन्तर्गत महिला नगर विभागको भेला सम्पन्न भएको छ ।

विष्नुमाया शर्माको अध्यक्षता, दिपा ढकालको सञ्चालनमा अगाडी बढेको भेलामा केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्की, केन्द्रीय सदस्य एवं पश्चिम भारत क्षेत्रीय महिला विभागका अध्यक्ष रमकला काउछाको आतित्थ्यता रहेको थियो ।

सहिदहरुप्रती एक मिनट मौनधारण पछि उपस्थित सम्पुर्णलाई शोभा धामीले स्वागत गर्नुभएको थियो । भेलाले विष्णुमायाँ शर्माको अध्यक्षतामा २० सदस्यीय महिला विभाग गठन गरेको छ ।

जस्मा : अध्यक्ष– विष्णु माया शर्मा, सचिव– दिपा ढकाल, कोषाध्यक्ष– शुशिला भण्डारी, सदस्यमाः शोभा धामी, बिमला राना, गौरी शर्मा, सरस्वती अधिकारी, कोपीला कण्डेल, सीता बन्जारा, सिर्जना थापा, बिमला शर्मा, पूनम देबकोटा, लक्ष्मी राई, झुमा भटराई, माया ठाकुर, चन्द्रकला थापा, सुनीता कोली, निना खत्री, मिना थापा र कमला ढकाल रहनु भएको छ । सो विभागीय समितिलाई अतिथिहरुले कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार