भिवानी डिसी कलौनीमा टोल समिति निर्माण

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत डिसि कलौनीमा श्रमजिवी नेपालीहरु बीच भेला गरि टोल समिति निर्माण गरिएको छ । नगर समितिका सदस्य गोर्बधन विकको पहल तथा सालीकराम भटराइको सक्रियता र क्षेत्रीय समितिका बैकल्पिक सदस्य मनिराम अधिकारीको विशेष उपस्थितिमा सो टोल समिति निर्माण गरिएको हो ।

टोल भेलाले जागेस्वर पौडेलको अध्यक्षतामा ११ सदस्यिय डिसि कलौनी टोल समितिको गठन गरिएको छ । जसमाः सचिव– मनीराम पौडेल, कोषाध्यक्ष– गोर्धन विक, सदस्यहरुमाः सालिकराम भटराई, साजन परियार, संन्दिप ढेंगा मगर, पुनाराम बस्याल, डिल बहादुर रेस्मिमगर र सुशिल श्रेस्ठ रहनु भयको छ । नबगठित टोल समितिलाई मनिराम अधिकारी र गोर्धन विकले सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार