नाडियाडमा नगर भेला सम्पन्न

नाडियाड, १४ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत नादियाड नगर समितिको भेला केन्द्रिय सचिब प्रेम पौडेलको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।

भेलामा केन्द्रीय सचिब प्रेम पौडेलले संघीयता र त्यसका दुष्परिणाम, कालापानी लिपुलेख र लिम्पिया धुरामा भएको भारतीय अतिक्रमण र त्यसका बिरुद्धको देश ब्यापी राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संघर्षका कार्यक्रम, हालै भारत सरकारले लागुगरेको एनआरसी र त्यसले नेपालीहरु माथी हुन सक्ने असर र मूल प्रवाहको सम्गठनात्मक ईतिहास र उदेश्यहरुबारे प्रक्षिण दिनुभएको थियो । भेलाले रबिन्द्र विष्टको अध्यक्षतामा ११ पुर्ण २ बैकल्पिक र ४ सल्लाहकार गरि १७ सदस्यीय नादियाड नगर समिति पुनर्गठन गरेको छ ।

जसमाः उपाध्यक्ष प्रेम प्रकाश थापा, सचिब दिपक थापा, सहसचिब बेद प्रकाश राबल, कोषाध्यक्ष खगेन्द्र केसी र सदस्यहरुमाः जगत विष्ट, सुरेस विष्ट, भिम बहादुर विष्ट, अम्मर महतरा, लक्ष्मी महतरा,राजेन्द्र प्रसाद भट्ट र बैकल्पिक सद्स्य हरुमा भिम बहादुर थापा र सेर बहादुर बिस्ट त्यसै गरि सल्लाकारमा झकड थापा, जसबिर नेपाली, अर्जुन नेपाली र एक स्थान सल्लाहकारको रिक्त रहेको छ ।

भेला जगत विष्टको अध्यक्षता खगेन्द्र केसीको सञ्चालान सहिदहरुप्रती एक मिनेट मैनधारण र भिम बहादुर विष्टको स्वागत मन्तब्यबाट अगाडि बडेको थियो । भेलाको प्रमुख अतिथी केन्द्रीय सचिब प्रेम पौडेल हुनुहुन्थ्यो भने अतिथिमा केन्द्रीय बैकल्पिक सदस्य भिम सिंह विष्ट हुनुहुन्थ्यो ।

भेलामा भिम सिंह विष्टले नदियाड नगर समिति सङ्ठनलाई ब्यबस्थित पारेर लैजान झुझारु नेतृत्वको आबश्यकता रहेको बताउँदै नयाँ समितिको नामाबली प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तुत नामबली माथी व्यापक छलफल पश्चात् सर्बसम्मतिले नदियाड नगर समिति पुनर्गठन गरि नयाँ समिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार