साईप्रस नेपाली एकता समाजका केन्द्रीय सदस्य सन्सरी मायाको विदाई

साईप्रस । साईप्रस नेपाली एकता समाजका केन्द्रीय सदस्य सन्सरी माया घिसिङ (अनु) लाई विदाई गरेको छ । आइतबार उहाँलाई एकता समाजले एक कार्यक्रमबीच विदाई गरेको हो ।

रोजगारीको सिलसिलामा साईप्रस रहेकी सन्सरी माया रोजगारी सक्काएर स्वदेश फर्कंदै हुनुहुन्छ । समाजका अध्यक्ष देवेन थापाले सन्सरी माया घिसिङले संगठन निर्माण गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै संगठनले उहाँको उच्च मूल्यांकन गरिरहने बताउनु भयो ।

नेता थापाले उहाँको अनुपस्थितले साईप्रस नेपाली एकता समाजलाई सधैँ कमी महसूस हुने बताउँदै घिसिङले साईप्रसस्थित नेपालीहरुको हकहित र अधिकार तथा देशमा हुने न्यायपूर्ण जनपक्षीय आन्दोलनहरुमा पुर्याएको अतुलनीय योगदान, साथै साईप्रसमा नेपालीहरुमाथि घट्ने अप्रिय घटना दुःखहरुमा एकता समाजले चलाएका अभियानहरुमा गरेको भौतिक नैतिक र आर्थिक सहयोगका लागी धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले नेपालमा गएर पनि नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको पक्षमा उभिन एकता समाज केन्द्रीय समितिको तर्फबाट अग्रिम शुभकामना व्यक्त गर्नु भएको थियो ।

आफ्नो बिदाई कार्यक्रममा बोल्दै घिसिङले १ वर्ष एकता समाजको सदस्यको रूपमा काम गरे पश्चात यहाँ रहेका नेपाली श्रमिक दिदी बहिनी दाजु भाइ तथा नेपाली समुदायहरू संगका सुख दुःख र संघर्षका अनुभवहरू अविस्मरणीय भएको यी क्षणहरू संगालेर राख्ने बताउनु भयो ।
सदस्य घिसिङलाई दोसल्ला ओडाई साईप्रस नेपाली एकता समाज केन्द्रीय समितिको तर्फबाट सम्मान पत्र समाजका अध्यक्ष देवेन थापाले प्रदान गर्नु भएको थियो ।

मायाको चिनो केन्द्रीय सदस्य ईश्वर घर्तीबाट हस्तान्तरण गरिएको थियो । केन्द्रीय सदस्य घर्तीको अध्यक्षता तथा महासचिव मञ्जु लिम्बुको सञ्चालनबाट अघि बढेको कार्यक्रमको स्वागत रमेश चन्दले गर्नुभएको कोषाध्यक्ष बिन्दु खड्काले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार