ओमान नेपाली एकता समाजले ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनायो

टुक बहादुर रामदाम, मस्कट, ओमान । ओमान नेपाली एकता समाज, केन्द्रीय समितीको आयोजनामा १० मार्च २०२३ शुक्रवारका दिन ११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

शोभाराम पुनको अध्यक्षता, सालिकराम आचार्य र लक्ष्मी रायमाझीको संचालन तथा अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य छविलाल बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम सहिदहरुको सम्झनामा १ मिनेटको मौनधारणका साथ अगाडि बढेको थियो ।

त्यसैगरी, उक्त कार्यक्रममा महिला विभागकी अध्यक्ष रिता चौधरी, रक्तिम परिवार ओमानका अध्यक्ष आकाश नेपाली, युगदर्शन ओमनका प्रतिनिधि टुक बहादुर रामदाम लगायतको पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि छबिलाल बस्नेतले शुभ कामना मन्तव्य राख्दै अन्तराष्ट्रिय श्रमिक महिला दिवसबारे चर्र्चा गर्नु भएको थियो । सन् १९१७ तिर रसियामा महिला हक अधिकारको निमित्त श्रमिक महिलाहरुले आन्दोलन गरेका थिए । तत्कालीन सरकारले दमन गरेता पनि महिलाहरुको लामो संघर्ष पश्चात आन्दोलन सफल भएको थियो । जसले गर्दा संसार भरिका श्रमिक महिला आन्दोलनले झनै उच्च रुप लिँदै गयो । त्यसको फलस्वरुपः आज संसार भरिका महिलाहरुले महिला दिवस मनाइ रहनु भएको छ । महिला हक अधिकार तथा महिला मुक्तिको लागि लड्ने पहिलो महिला नेतृ क्लारा जेट्कीन हुनुहुन्थ्यो । जो कम्युनिस्ट पार्टी जर्मनकी नेतृ हुनुहुन्थ्यो । महिलाप्रति हुने लैङ्गिक विभेद, शोषण तथा दमन केही मात्रामा कमी भएता पनि शोषण, दमन, हत्या, हिंसा तथा बलत्कार जस्ता जघन्य अपराधहरु भइराखेका छन् । यसो हुन नदिनको निमित्त महिला दिदी–वहिनीहरु जाग्नु पर्छ र समतामूलक समाजको निर्माणमा लाग्नु पर्छ । महिला पुरुष समान भएको र नारिले पनि पुरुष सरह हरेक क्षेत्रमा अवसर प्राप्तिको लागि लड्नु पर्ने कुरामा प्रमुख अतिथि बस्नेतले जोड दिनु भएको थियो ।

कार्यक्रममा विभिन्न खेलहरु तथा साँस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत भएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार